राष्ट्रिय सन्तसम्मेलन तथा हिन्दूसभा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार १३:३८

लहान,२५ माघ । यही माघ २३ र २४ गते सिराहको लहानमा सनातन धर्म ॐकार परिवार भित्रका विभिन्न धार्मिक संघसंस्थाहरूको संयुक्त आयोजनामा राष्ट्रिय सन्तसम्मेलन तथा हिन्दूसभा सम्पन्न भएको छ । विशेष गरी वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समिति, विश्व हिन्दू परिषद्को आयोजना तथा समाजसेवी श्री सुशिलचन्द्र अधिकारीको अगुवाईमा भएको सो सम्मेलनमा संयुक्त सनातन मोर्चा, सनातन हिन्दूराष्ट्र नेपाल नागरिक संघर्ष समिति, वैदिक सनातन हिन्दू परिषद्, राष्ट्रिय धर्म सभा नेपाललगायतका धार्मिक संघसंस्थाहरूको सहभागिता रहेको छ । सो सम्मेलनमा देशका विभिन्न स्थानबाट साधुसन्त, धर्माधिकारी, धार्मिक संघसंस्थाका प्रतिनिधि, धर्मानुरागी, धर्ममर्मज्ञ एवम् सर्वसाधारणहरूको उपस्थिति रहेको आयोजक समितिका mahatmaसंयोजक सुशिलचन्द्र अधिकारीले न्यूज टिमलाई जानकारी गराउनु भएको छ ।

गत बैशाखदेखि हिन्दूराष्ट्र संस्थागत गर्न, गोहत्या बन्द गराउन र धर्म परिवर्तनलाई रोकलगाउन पर्ने माग राखी काठमाडौंमा रिले अनसन बसिरहनुभएका वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका संरक्षक श्री श्रीनिवास आचार्य, सनातन हिन्दूराष्ट्र नेपाल नागरिक संघर्ष समितिका संयोजक तथा नेपाली का“ग्रेसका नेता हरिबोल भट्टराई, संयुक्त सनातन मोर्चाका संयोजक तथा नेपाली का“ग्रेसका पूर्व सभासद् डा. मिठाराम विश्वकर्मा, मोर्चाकै महामन्त्री श्री दीपक सुवेदी, धर्म–अध्यात्मका वैज्ञानिक प्रवक्ता तथा युवा प्रवचक श्री चैतन्यकृष्ण, संस्कार पाठशाला अभियानकी अभियन्ता तथा सत्–मार्ग अभियानकी केन्दीय सदस्य देवी घिमिरे लगायतका व्यक्तित्त्वहरूले सो सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । यसै गरी विश्व हिन्दू परिषद् नेपाल च्याप्टर हेर्नु हुने श्री स्नेहपाल, परिषद्का अन्य प्रतिनिधिहरूले पनि सम्बोधन गर्नु भएको छ । मटिहानी जनकपुर आश्रमका मानमहन्त जगन्नाथदास जी महाराजको प्रमुख आतिथ्यता र मनोहरमठ सिराहका महन्त लक्ष्मणदास जीको अध्यक्षतामा सन्तसम्मेलन एवम् वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका संयोजक श्री सुशिलचन्द्र अधिकारीको अध्यक्षतामा हिन्दू सभा सुसम्पन्न भएको हो ।
सम्मेलनमा व्यापक रूपमा साधुसन्त, विभिन्न समुदायका भेषभूषामा आएका धार्मिक आस्थावान नागरिक, विद्यार्थी, कलाकार, वाद्यवादक, उद्योगी, मातृशक्तिलगायतका आमसर्वसाधारणहरूको बाजागाजा, भजन किर्तनसहितको उल्लेखनीय उपस्थिति रहेको थियो । सम्मेलन अवधिभर लाहान क्षेत्र धर्ममय तथा हिन्दूमय भएको थियो । राजमार्गदेखि करिब तीन कि.मि. भित्र भएको सो कार्यक्रमको आवाज राजमार्गसम्म नै सुनिने गरी ठाउ“ ठाउ“मा माइक व्यवस्थापन गरिएको हुनाले बजारका पसल–पसलमा आफ्नो व्यवसाय गरिरहेका व्यापारीहरू, कार्यालयमा काम गरिरहेका कर्मचारीहरू, बजार भर्न आइरहेका सर्वसाधारणहरू, बटुवाहरू सडकका पेटीमा, चोकचोकमा बसेर कान ठाडाठाडा गरेर वक्ताहरूको प्रवचन सुनिरहेका देखिन्थे ।
सम्मेलनलाई सम्बोधन गर्दै हरिबोल भट्टराईले कुनै पनि हालतमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनै नसक्ने र हुननदिने बताउनु भयो भने डा. मिठाराम विश्वकर्माले आफूले हिन्दू धर्म ग्रन्थका पुस्तकहरू अध्ययन गरेको, वेदान्तमै विद्यावारिधी गरेको, आफूले अध्ययन गरेका ग्रन्थमा सनातन धर्मभित्र जातीयलगायतका अमानवीय विभेद नभएको र कोही कसैले छुवाछुतको विभेद गरेमा त्यसलाई त्यही“ हदैसम्मको कारवाही गर्नु, परेको सबै सजाय आफूले ब्यहोर्ने बताउनु भएको थियो । साथै चाडै नै काठमाडौंमा हिन्दू राष्ट्रको पक्षमा उभिएका राजनीतिक क्षेत्र, धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, आमसर्वसाधारणको संयुक्त आमसभा गरी अबको आन्दोलनको घोषणा गर्ने तयभएको समेत डा. विश्वकर्माले बताउनु भएकोे छ । यसै गरी धर्मअध्यात्मका प्रवक्ता चैतन्यकृष्ण जीले ९५ प्रतिशत ॐकार परिवार रहेको यो मुलूक कुनै पनि हालतमा धर्म निरपेक्ष हुनमिल्दैन, यो मुलुक स्वतः सिद्ध सनातन भूमि हो, दुईचार जना डलरमा बिकेकाहरूले धर्मनिरपेक्ष लेख्दैमा नहुने बताउनु भएको थियो । संयुक्त सनातन मोर्चाका महामन्त्री दीपक सुवेदीले अब नेपाललाई हिन्दू राष्ट्र कायम राख्ने तथा संस्थागत गर्ने आन्दोलनलाई अन्तिम रूप दिने तयारी पूराहुने क्रममा रहेको र सो अन्तिम रूपको आन्दोलन सफल गराउन सबैले साथ दिन आव्हान गर्नु भएको थियो ।
संविधानमा नेपाललाई हिन्दू राष्ट्रकै रूपमा सम्बोधन गनुपर्ने पक्षमा उभिएका राजनीतिक पार्टी, पार्टीले निर्णय गर्ननसकेको भएपनि हिन्दूराष्ट्र हुनुपर्छ भनेर पार्टीभित्र विद्रोह गरिरहेका पार्टीका नेता कार्यकर्ता, धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, व्यक्तिलगायत सबै पक्षको एकिकरणको स्वरूपमा संयुक्त सनातन मोर्चा गठन भइसकेको र अब हिन्दू राष्ट्रको आन्दोलन उत्कर्ष चुम्ने निश्चित भएको तथा यहा“बाट विदेशी फिरिङ्गी भिरिङ्गीहरूका एजेण्ट विदेशीदलालहरू पाखा लाग्ने र जसरी भगवान बुद्धले ‘यस धम्मो सनन्तनो’ अर्थात धर्म भनेकै सनातन हो भन्नु भएको थियो, त्यसको सार्थकता पाएको यो धर्मभूमि, सनातन भूमि, बुद्धभूमि, ज्ञानभूमि, जानकी भूमि, तपोभूमि, साधनाभूमि, देवभूमिको मौलिक पहिचान बच्ने मोर्चाका महामन्त्री सुवेदीले बताउनु भयो ।
आयोजक समितिहरूका तर्फबाट संयोजक सुशिलचन्द्र अधिकारी, सहसंयोजक गुणनीधि पन्थी, कासिन्दर यादव, भगवान गिरी, सुदुरपश्चिमाञ्चल कमाण्डर सिद्धराज खड्कालगायतले सम्मेलनलाई सम्बोधन गरेका थिए । युवा सन्त श्री श्री निवास आचार्यले नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा नभएसम्म आफूले गर्दै आएको अनसनलगायतका कार्यक्रम जारी रहने तर, स्वरूप परिवर्तन गरी काठमाडौं र जिल्ला दुबैतर्फ सञ्चालन गर्ने बताउनु भएको छ ।
परधर्मीहरूको चारो खाएर डलरले डसेको आत्मघाती–राष्ट्रघाती विषाक्त डकार डकारीरहेका विदेशीका खेतालाहरूले देश र जनताको भविष्यप्रति खेलवाड गरिरहेका राजनीतिका खलनायकहरूबाट भएको अन्याय, कुठाराघातको विरुद्ध आन्दोलनको पर्खाइमा बसेका नागरिकहरू यस प्रकारको कार्यक्रम आयोजना भएकोमा सन्तोषको श्वास फेरेको महसूस गरेका छन् । सम्मेलनमा विगत एघारमहिना देखि हिन्दूराष्ट्रको लागि अनसन बस्दै आउनुभएका युवा सन्त श्री श्री निवास आचार्यको नागरिक अभिनन्द गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ २०, २०८१