बजेटप्रति पूर्व प्रधानमन्त्री ओलीको असन्तुष्टि, ‘परामर्श नगरी ल्याइयाे’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०८१, आईतवार ०५:०६

काठमाडौं।  नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ प्रमुख घटक दल एमाले अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए । शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए ।

उनले भने, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ।’ उनले सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो हुने समेत बताए ।

उनले अर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको समेत दाबी गरे । संसद्‌मा आइतबार देखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ। तर ओलीले आफ्नो पार्टीले यो बजेटलाई समर्थन गरेर पारित गर्ने समेत बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१