काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ दुर्गा मन्दिर कपनको आयोजनामा तिन दिने होमस्टे व्यवस्थापन अध्ययन अवलोकन तालिम कार्यक्रम सम्पन्न भएको छ ।
प्रोजेक्ट रिसर्च इनोभेसन एंड डेभेलप्मेन्ट सेन्टरको सहजीकरणमा सम्पन्न भएको तालिम कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा ३६ जना स्थानियहरु सहभागी भएका थिए ।
तालिम कार्यक्रममा होमस्टेको कार्यविधि, दर्ता प्रक्रिया, सरसफाई, सांस्कृतिक कार्यक्रम, पाहुनाको स्वागत, बसाँई तथा बिदाई र बजारीकरण विषयमा भुमराज तिवारी र शिला अमात्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो । अध्ययन अवलोकनको क्रममा नेपालकै पहिलो महिलाहरुले संचालन गरेको पनौती सामुदायिक होमस्टेमा सहभागीहरुलाई पाहुनाको रुपमा अनुभव गराइएको थियो ।
तालिमका सहभागीहरुलाई पनौति नगरपालिकाको उपमेयर गिता बञ्जराले स्वागत गर्दै महिलाहरुको आत्मनिर्भरता, स्वावलम्बनको लागी होमस्टे सवैभन्दा उपयुक्त माध्यम भएको बताउनु भएको थियो । सहभागीहरुलाई ऐतिहासिक पनौति बजार, कुम्भमेला, चांम्खार्क, साँगा महादेव तथा चण्डेश्वरी मन्दिरको भ्रमण गराइएको थियो ।
तालिममा सहभागीहरुलाई पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले बिदाई गर्दै होमस्टे मार्फत बुढानिलकण्ठ र पनौति नगरपालिकाको बिचमा मितेरी सम्बन्ध बढाउन आफु तयार रहेको बताउनुभयो । तालिम कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकामा होमस्टे संचालन हुनेमा आफु विश्वस्त रहेको तालिम कार्यक्रमको सहजीकरण गर्नुभएका मुकुन्द ढुंगानाले बताउनुभयो ।
तालिम तथा भ्रमण कार्यक्रम असाध्यै उपलब्धिमुलक भएको बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले आगामी दिनमा यस्ता कार्यक्रम राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया