पिज्जाको व्यवसायिक पहिचान र समाजिक क्षेत्रमा क्रियाशील – शान्त शर्माको जीवनशैली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ माघ २०७२, बिहीबार ०४:५९
  • भरतराज उप्रेती ।

“व्यवसायिक पहिचानसँगै स्वस्थ्य र हाइजेनिक परिकारको खाने जीवनशैली बनाउन हाम्रो सोचाई बुझाई पनि सकारात्मक हुन जरुरी छ भने व्यवसाय गर्नेले पजि मनि माइडेण्ड होइन सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर स्वस्थ्य खानेकुराको परिकार बनाउन व्यवसायिक रेसिपीहरु अवलम्वन गर्न अब सिक्नुपर्ने बेला भएको छ । सफल पहिचान बनाउन लागि सम्बन्धित क्षेत्रको गहन अध्ययन अनुसन्धानका साथै ज्ञान अनुभव हुन आवश्यक छ भने व्यवसायप्रतिको झुकाव निरन्तरताको साथै लगानीमैत्री वातावरण चाहिन्छ, । यतिमात्र होइन सामाजिक परिवेशलाई नबुझ्नेले सुखी जीवन र व्यवसायिक सफलता लिन मुश्किल नै पर्छ । यी सबै कुरा राज्यको नीति र राजनीतिक अवस्थामा निर्भर रहने गर्छन् । अहिले नेपालमा राज्यको नीति, राजनीतिक अस्थिरता, आज लगानी गरेर भोलि प्रतिफल लिने महत्वकांक्षाको व्यवसायिक सोचका कारण विकासले सोचेजति फड्को मार्न सकेको छैन । विकासको ठूलो सम्भावना बोकेको पर्यटन क्षेत्रमा राज्यको बैदेशिक लगानी नीति र व्यवसायिक धारणा खुलेर आउन नसक्दा हामी पर्यटनमा धनी भए पनि राज्यको प्रतिफल लिन नसकिरहेको अवस्था हो । बैदेशिक लगानीलाई पर्यटन क्षेत्र सँगै शिक्षा, सोसल मिडिया र प्रविधिमा नीजि क्षेत्रको सहकार्यमा व्यवसायिक मोडल लागू गर्ने हो भने अबको १० वर्षभित्रै नेपाल नमुनामुलक विकसित मुलुक बन्नेछ यसमा दुइमत छैन ।

— शान्त शर्मा (सञ्चालक, हिमालयन पिज्जा रेष्टुरेन्ट एण्ड क्याफे ठमेल काठमाडौं)st

१२ वर्ष देखि बैदेशिक लगानी प्रोत्साहनका लागि परामर्श एवं विज्ञको भुमिकामा शान्त शर्माको दैनिकी

राजधानी काठमाडौंको मुटु पक्नाजोल ठमेलमा वि.सं २०२८ सालमा जन्मनुभएका शान्त शर्मा विगत १२ वर्षदेखि बैदेशिक लगानी प्रोत्साहनका लागि परामर्श विज्ञको भूमिकामा काम गदै आउनुभएको छ । मध्यम परिवारमा जन्मिएका शान्त शर्मालाई सुखसयल र लाउन खान कुनै समस्या थिएन । प्रारम्भिक र शिक्षा इण्डियाबाट हासिल गरेका शान्त शर्माले प्राविधिक शिक्षातर्फ मेकानिक डिप्लो हासिल भारतको नयाँ दिल्लीबाट गरेका थिए ।

क्रिकेटका फ्यान शर्मालाई ब्ल्याक होल, सन मुन, ग्रह र तारामण्डलको खोज अन्वेषणको बारे जान्ने कौतुहलता थियो तर उनको सो ईच्छा कौतुहलतामा नै सीमित रह्यो किनकी शर्माले त्यो क्षेत्रको अध्ययन र ज्ञान लिन सकेनन् तथापी फिल्मी रोल त्यो पनि इण्डियामा आजभन्दा २० वर्ष अगाडी शान्त शर्माले सौखका रुपमा अनुभव लिन भने छुटाएका थिएनन् । बम्वईको फिल्म लाइनमा भीडभाडको रोल विजेपीको युथ प्रेसिडेण्ट मलार्ड लोकेसनमा गरेको स्मरण झै ताजा छ शर्माले भने ।

sharma
प्रारम्भिक शिक्षा वनारसमा लिदा त्यहाँको हावापानी र संस्कृतिलाई नेपालको बन्दीपुरसँग तुलना गर्न मिल्ने अनुभव आफूले सम्हालेको शर्मा बताउनुहुन्छ । ग्रह, तारामण्डल र अन्तरिक्ष अर्थात एष्ट्रोनोमिष्ट बन्ने जीवनको उद्देश्य बोकेका शान्त शर्मा एकाकएक पर्यटन व्यवसायतर्फ मोडिए । जसको प्रेरक शर्माको बुवा नै हुनुभयो । बुवा वकिल हुनुहुन्थ्यो, उहाँको क्लाइन्ट शान्त बहादुर श्रेष्ठलाई भेट्ने अवसर जुट्यो, श्रेष्ठ आल्याण्ड जंगल रिसोर्टका चियरम्यान थिए, उहाँले न्याचुरोलोजिष्टमा काम गर्ने प्रस्ताव गर्नुभयो मैले स्वीकारे र मेरो अंग्रेजी भाषा बोलाई लेखाई दुबै राम्रो भएकाले सन् १९९१ मैले आइल्याण्ड जंगल रिसोर्टमा न्याचुरोलाजिष्टमा काम गर्ने मौका पाए । झण्डै १० वर्ष न्याचुरोलाजिष्ट भएर काम गरे जसबाट पर्यटन क्षेत्रको धेरै ज्ञान र अनुभव हासिल गरे ।

6

न्याचुरोलाजिष्ट भएर मैले सिकेको ज्ञान र अनुभवलाई नेपालको पर्यटन इतिहासको ऐतिहासिक दस्तावेज बनाउने सोचका साथ रोयल नेपाल डकुमेन्ट्री सबैमा एक भएर बनाए । डकुमेन्ट्री बनाउन र प्रमोसन गर्न स्पोन्सर काठमाडौं, पोखरा, चितवन र धरानसम्म भौतारिए पनि नपाएर झण्डै विचलित भएको थिए तर पनि मानिस हो हार नै जति हो भन्ने ठानी पर्यटन क्षेत्रमा थप केही गर्ने नयाँ सोचका साथ अगाडी बढे र पर्यटन क्षेत्रमा वैदेशिक लगानीमैत्री वातावरणका लागि परामर्श विज्ञको रुपमा आफूलाई उभ्याए, अहिले १२ वर्ष बितेछ हिजोजस्तो लाग्छ, शान्त शर्माले विगतका उकाली ओरालीको उतार चढाव वेलबिस्तार कहे ।1a

विश्वमा घुम्ने र खाने जीवनशैलीको अवस्था बढ्दो छ । घरबाहिर रहदा सबैभन्दा बढी सौखिन हुने खानेकुरा अहिले पिज्जा भएको छ । बिभिन्न रेसिपीद्धारा बनाइएका पिज्जाका परिकारहरुमा मन पराउने जमात वालदेखि प्रौढपुस्ता सम्म छन् । अझ विदेशीहरु त घुम्न बाहिर निस्केका बेला दिनमा एकपटक पिज्जा नखाई संन्तुष्ट नै हुदैनन् । रेष्टुरेण्ट, होटल, क्याफे सपहरुमा सबैभन्दा बढी अर्डर हुने परिकार पिज्जा नै हो । त्यसैले स्वस्थवद्र्धक बिभिन्न परिकारका पिज्जाहरुको आकर्षण गराई व्यवसायिक पर्यटन प्रवद्र्धनमा टेवा दिनुपर्दछ भन्ने सोचका साथ १०८ परिकारका पिज्जा अर्डर अनुसार तुरुन्त उपलब्ध गराउने उद्देश्यले सन् २०१२ मा पर्यटकीय नगरी ठमेलमा हिमालयन पिज्जा रेष्टुरेण्ट एण्ड क्याफे सञ्चालनमा ल्याएको हुँ शान्त शर्माले गौरवका साथ भने ।shantaa

पैसा कमाउन होइन, प्रोफाइल र देशको पहिचान बनाउन व्यवसायिक यात्रा क्याफे फुडसपद्धारा अगाडी बढाएको हो । क्याफे फुडसप विश्वको नम्बर एक व्यवसाय हो तर नेपालमा कफी क्याफे, बेकरी क्याफे,रेष्टुरेण्ट पिज्जा क्याफेलाई हेर्ने दृष्टिकोण साँघुरो छ यसलाई सबैले ब्रोड गरेर हेर्न जरुरी छ, यसतर्फ सबैको सोचाई बदलिओस् शान्त शर्माको सोचजस्तै भनीदिनुहोस अनि र व्यवहारमा देखाइदिनुहोस् शर्माको व्यवसायिक सन्देश यही रहेको छ ।

दरिद्री सोच हुनुहुदैन समाजमा जन्मेपछि केही गर्नुपर्दछ, काम गरेर खानु नै सच्चा नागरिकको पहिान हो भन्ने कुरालाई मनन गरेर व्यवसायिक क्षेत्रको विकासका लागि व्यवसायिक हात अगाडी बढाएका शान्त शर्माको मन पनि समाजमा रहेका दुःखी गरीबका लागि कोमल छ । समाजसेवामा २ दशकदेखि क्रियाशील रहदै आएका शर्मा २०७२ को बैशाख १२ को भुकम्प पीडितका लागि थप समाजसेवी र स्वयंसेवी भएर लागि परे । शर्माको पहलमा २५० भुकम्प पीडितलाई लभ फर्म ताइवान, ताइवानी वाइवाई र बेलायती साथीबाट अत्यावश्यक सामाग्री सहयोग भयो भने पर्यटकीय १३ वटा पक्की घर रिविल्ड गर्ने काम गरेर विपतका बेला आपतमा परेकालाई समाजसेवा गर्नुपर्दछ भन्ने मानवीय सन्देश समेत शर्माले दिनुभएको छ ।

3
नेपाल पर्यटन गन्तव्यको पहिलो सूचीमा रहेको कुरा सरकारले अन्तराष्ट्रिस्तरमा मेसेज प्रवाह गराउनुपर्यो जसको लागि अहिलेको सोसल तथा अनलाइन मिडिया र पत्रकार यसका भरपर्दा माध्यम हुन् भन्ने कुरा बुझ्न जरुरी छ । अबको युवापुस्तालाई पर्यटन व्यवसायमा अवसर र पर्यटन प्रवद्र्धनमा सहभागी गराउने नीति ल्याउनुको अर्को विकल्प छैन । फेरि पनि रेमिट्यान्स भित्र्याउने वाहनामा युवाशक्तिलाई खाडीमुलुक पठाए देश गम्भीर मोडमा पुग्नेतर्फ सरोकारवाला र राजनेताहरुको ध्यानकर्षण गराउन खोजेका छन् शर्माले । पर्यटन कृषि र जलस्रोतमा ठूलो सम्भावना छ अवसर रोजगारी र विकास सबै यही छ मात्र लगानीमैत्री वातावरण बनाइदिनुपर्यो यहाँ राज्यले शर्मा भन्नुहुन्छ ।
दक्ष कामदार, प्राविधकि र युवापुस्ता, बिद्युत र राजनीतिक अस्थीरता नेपालको विकासका बाधक तत्व भएकाले यसलाई राजनीतिक रुपबाटै हल गर्नुको अर्को विकल्प छैन शान्त शर्मा भन्नुहुन्छ । जलस्रोतको धनी देश पानी कहिले देख्न नपाइने, बत्ती कहिले बाल्न नपाउने अवस्था छ नेपालमा यसको दीर्घकालीन रुपमा समाधान गर्न राजनीतिक प्रतिबद्धता आजै आउनुपरयो, होइन भने भाषण र गफलाई अब कसैले विश्वास गर्नेछैनन् । वैदेशिक लगानी पनि फिर्ता जाँनेछन् एकपछि अर्को गर्दै । बेलैमा राज्य र राजनीतिक पार्टीको ध्यान जानुपरयो होइन भने विकास र नयाँ नेपालको नारा भाषणमै सीमित रहनेछ शर्माले सान्दर्भिक सवाल उठाए ।

4
हिन्दू संस्कारको १०८ मन्त्र सूर्य, चन्द्रमा, पृथ्वी र अन्य ग्रहको डायामिटरको व्याख्या गर्दै टिपिकल नेपालीपनको १०८ परिकारका पिज्जालाई हिमालयन पिज्जा एण्ड रेष्टुरेण्ट क्याफेमार्फत ल्याएका छौं । ठमेलभित्रै हामी आफै डेलिभरी सेवा दिन्छौं, ठमेलबहिर फुडमाण्डु डट कम मार्फत होम डेलिभरी सेवा उपलब्ध छ ।
इटलियन स्टाइलमा रियल नेपाली स्वादमा थिन र क्रन्ची हिमालयन पिज्जा एकपटक टेष्ट गर्नुहोस् पारिवारिक जमघटका लागि नेपाली व्यवसायिक पिज्जाको रोजाईलाई नभुल्नुहोस्, शुरु गरौं हामी आफैबाट आन्तरिक पर्यटन, यही सन्देश सेयर गर्न चाहनुन्छ हिमालयन पिज्जा रेष्टुरेण्ट एण्ड क्याफे तथा वैदेशिक लगानी प्रोत्साहन परामर्श विज्ञ शान्त शर्मा ।2

धर्म संस्कार रीतिरिवाजसँगैको खानाका बिभिन्न परिकारका रेसिपी अहिलेको नेपालीको जीवनशैली पहिचान बन्दै आएको छ । बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कतिक विविधता रहेको नेपाली परिवेश जीवनशैलैभित्र अटाएको पिज्जाले अन्तराष्ट्रियस्तरमा आफ्नो लोकप्रियता बढाउदै लगेको छ । पर्यटन गन्तव्य बोकेको नेपालभित्र पिज्जाको व्यवसायिक महत्व नेपालीमाझ लोकप्रिय बनाउदै विदेशी पर्यटकलाई नेपाली परिकारका पिज्जाप्रति आकषिर्त गर्नु नेपालीपनको अर्को व्यवसायिक पहिचान हुनेछ ।

(भरतराज उप्रेती, साइवर सञ्चार पत्रिकाका व्यवस्थापक सह सम्पादक, आइसिटी न्युज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक, आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष, आइसिटी अनलाइन खबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक तथा प्रधान सम्पादक रहदै आइसिटी सोसल मिडिया कन्सेप्टर युवा पत्रकारको रुपमा चिनिन्छन् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१