आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार १३:२३

काठमाडौं । सरकारले आज सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने छ  । हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको छ झापामा भने सफल हुन सकेको छैन । यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपैयाँ स्थानीय तहमा निकासा भइसकेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१