हजारौं नेता कार्यकर्ताको उपस्थितिमा सिन्धु माओवादीको बनभोज सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार ०९:२०

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य ,नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको मिलन गराउने उदेश्यले नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको बृहत वनभोज कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीको गणेश मन्दिर क्षेत्रमा रहेको पिकनिक स्थलमा आयोजना गरिएको कार्यक्रममा सिन्धुपाल्चोकका प्रभावशालि माओवादी नेताहरु प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध),बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद),बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेश सांसद सरल सहयात्री ,बागमती प्रदेश सांसद अमृता नेपाल,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज केशव नेपाल,सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी बिवेक, वाईसिएल फ्याक्सन ईन्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा),केन्द्रिय सदस्य भोला सापकोटा तथा लामो समय सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिको नेतृत्व सम्हालेका हाल सम्पर्क समन्वय प्रदेश समिति का कोषाध्यक्ष ठुलोबाबु श्रेष्ठ, पार्टीका प्रदेश सदस्यहरु सिन्धुपाल्चोकको स्थानिय तहबाट निर्वाचित जनप्रतिनिधिहरु, महिला ,विद्यार्थि, वाईसिएल तथा बिभिन्न संगठनका प्रतिनिधि लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का पार्टी उपमहासचिव तथा सम्पर्क समन्वय प्रदेश समितिका ईन्चार्ज मार्तका प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम सन्चालन आयोजक समितिका सचिव तोक बहादुर गधराज(तोकेन्द्र)ले गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई मनतब्यबाट स्वागत कार्यक्रम ब्यवस्थापक एवं उपाध्यक्ष महेशलाल श्रेष्ठले गर्नु भएको थियो भने सांगितीक प्रस्तुतिबाट स्वागत ज्ञानसिं वाइबाको टिमले गरेको थियो ।
सिन्धुपाल्चोकका अधिकांश युवा ,विद्यार्थि तथा पार्टीमा आस्था राख्ने शुभ चिन्तकहरु काठमाडौंमै बसोबास गर्ने भएकोले जिल्लाका नेता हरुसंग अन्तरकृया गर्ने अवसरको रुपमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् । सोहि अनुरुप कार्यक्रम तय भएकोले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको आयोजक संगठनका अध्यक्ष जयराम आचार्यले जानकारी गराउनु भएको छ ।

कार्यकर्ता तथा शुभचिन्तकहरुको प्रश्नै प्रश्न तथा मनमा भएका असन्तुष्टिहरुलाई आफ्ना जिल्लाका नेताहरुको बिचमा राख्न सक्ने गरि सेडुल बनेकोले कार्यक्रम मनोरन्जनात्मक र उपलब्धि मुलक भएको कोष ब्यवस्थापनमा लागेका कोषाध्यक्ष सुदर्शन लम्साल तथा ब्यवस्थापकिय संयोजक महेशलाल श्रेष्ठले बताएका छन् ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउन स्वयंसेवक संयोजन देवराज बस्नेत र गोकुल दंगालले गरेका थिए भने सुवास लामा र ज्ञानसिं वाइबाले साउण्ड तथा कलाकार ब्यवस्थापन गरेका थिए । त्यस्तैे अनौपचारीक तथा मनोरन्जनात्मक र खेलकुद सम्बधि कार्यक्रम क्षेत्र नं १का ईन्चार्ज सुवास लामाले सन्चालन गरेका थिए ।

कार्यक्रममा अतिथिहरुको ब्यवस्थापनमा सिपि नेपाल ,क्याटरिङ महेशलाल श्रेष्ठ र सुचना तथा संचार डि.बि.पराजुलीले सम्हालेका थिए भने कार्यक्रममा म्युजिकल चेयर खेलको पुरस्कारको प्रायोजन खुसी ईन्डष्ट्रिज प्रा..लि. को उत्पादन रहेको माईती ब्राण्डको लिक्युइड डिस वासले गरेको थियो ।

कार्यक्रममा सिन्धुपाल्चोकका करिब १००० भन्दा बढी नेता कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेको आयोजक संगठनले बताएको छ ।
औपचारीक कार्यक्रलाई छोटो बनाएर मनोरन्जनात्मक कार्यक्रम लाई बिशेष प्राथमिकता दिईएको बनभोज कार्यक्रममा नेताहरु युवराज दुलाल(शरद),माधव सापकोटा (सुवोध) र प्रमुख अतिथि मातृका प्रसाद यादवले मात्र मनतब्य राख्नु भएको थियो ।

दुलाल र सापकोटाले जिल्लाबाट काठमाडौं आई अस्थायी बसोवास गर्ने नेताकार्यकर्ता संग भलाकुसारी तथा भेटघाट गर्ने वातावरण तयार गर्नु भएकोमा आयोजक संगठनलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रतेक बर्ष जस्तै आयोजना गरिने यस्ता बनभोजहरु संगठन सुदृढिकरण र कार्यकर्ता नेता बिचको अन्तरघुलन को लागि प्रभावकारी भएकोले हाम्रो संस्कारकै रुपमा बिकास भईरहेको नेताहरुको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले माओवादी जनयुद्धमा करिब २०० हाराहारी विर सपुतहरुको बलिदानी बेहोरेको सिन्धुपाल्चोकले धेरै राम्रा राम्रा नेता हरु समेत जन्माएकोले यसलाई निरन्तरता दिएर संगठन बिस्तारमा लाग्न सुझाव दिनू भएको थियो भने माओवादी पार्टीले समाजवादी यात्रा तय गरेर अगाडी बढ्ने क्रममा दलाल पुंजीवादको चंगुलमा परेर अल्मलिरहेको स्विकार गर्नु भयो ।
यादवले कार्यकर्ता मात्र नभएर नेतृत्व समेत अल्मलिरहेको अवस्थामा सिन्धुपाल्चोकले पार्टीलाई माथि उठाउन गरेको पहल सहरानीय भएको बताउनु भयो ।

सम्पर्क समन्वय समितिमा एक नम्बर संगठन बनाउन निर्देशन दिदैं यादवले सिन्धुपाल्चोक पार्टीको उर्वरा भुमि भएकोले नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने मा जोड दिनु भयो ।

कार्यक्रममा सेलो तथा दोहोरी मार्फत उपस्थित सबैलाई मनोरन्जन दिईएको थियो । गायीका कामना ओली तथा सन्दिप लोहनी र ज्ञानसिं वाईबाको टिमले गित संगीत मार्फत कार्यक्रमलाई प्रभावकारी बनाएको कलाकार संयोजनको जिम्मा पाएका राजन भुजेलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१