चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार १३:१७

काठमाडौं ।  छिमेकी राष्ट्र चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने भएकाे छ। १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्न नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो ।नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । उनका अनुसार एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ । नियमित भिसा निःशुल्क भए पनि एक्सप्रेस भिसाका लागि २ हजार ७०० नेपाली रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लाग्ने दूतावासले जनाएको छ ।

नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१