चिलीमा नेपालीको विचल्ली,नेपाली समाज चिलिले पठायो ब्राज़ील स्थित राजदूतावासलाई ध्यानाकर्षण पत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७२, बुधबार २०:१०

12434639_1020253198042087_601582032_n 12435761_1020253084708765_632312489_n अमर पुन, सचिब नेपालि समाज चिलि ।   दक्षिण अमेरिकी मुलुक चिलीमा यो समयमा नेपालीहरु अत्याधिक रुपमा दलाल मार्फत प्रवेश भएकोले दैनिक वेरोजगारीको समस्या परिरहेको छ । धेरै प्रलोभन पाएर चीली पुगेका नेपाली न्युन पारिश्रमिकमा काम गर्न बाध्य भएका छन । सन २००७ तीरदेखी प्रवेश गर्ने गरेका नेपालीहरु सन २०११ /२०१२ सम्म औसतमा ४०/५० जनाको सेरोफेरोमा थिए । सन २०१२/२०१३ मा विभिन्न अवैधानिक वाटोहुदै बोलीभीयावाट अनुमति विना नै पासपोर्ट लुकाउन पठाई अल्पत्र पारिएका कयौ नेपालीलाई चिलीको आम मीडिया सहित अन्तराष्ट्रीय संचार माध्यमवाट व्यापक गरिदै गर्दा तत् समयमा चीलीमा पुग्नेको संख्या चालीस जनाको सेरोफेरोमा पुग्दै गर्दा चीलीको राष्ट्रिय अनुसन्धान प्रहरी फ़ोर्स PDI मार्फत केही नेपालीलाई प्रहरी हिरासतमा लिई थुनामा राखी अनुसन्धान पछी केहीलाई अल्पकालिन अनुमती पत्र दिईएको थियो भने केहीलाई अन्तराष्ट्रीय पुलिस संगठन Interpol मा जिम्मा लगाई नेपाल सरकारलाई वुझाईएको थियो । देशभर रहने सम्पुर्ण नेपालीको साझा संगठनको रुपमा सन २०१३ नोवेम्बर १० मा चिलीको उत्तरी राज्य Iquique मा स्थापित चिली स्थित नेपालीको एक मात्र संस्था नेपाली समाज चिलीमा यस समयमा चिली भरमा रहने प्रया:धेरै नै नेपालीको आवद्धता रहेको छ । नेपाली समाज चिलीका सचिव एवं पिएसएम व्युरो अमर पुनले अर्घाखाँची डटकम क्राईम व्युरोलाई दिएको जानकारी अनुसार २०१५ मा दलाल को झुथो पर्लोभन मा परेर बिधार्थि भिसा मा आउने को सङ्ख्या ६० देखी ८० जना चीली मा पुगेका छन । स्रोतका अनुसार शान्तियागो र एकिके सहित अन्य विभिन्न शहरमा रहेका नेपाली वेरोजगारको समस्यावाट ग्रसित रही नेपाली समाज मार्फत सहयोगको अपील गरिरहेको वताईएको छ । संस्थाका सह सचिब कमल पान्दे भन्नु हुन्छ यहाँ पठाउने दलालले ठुलो रकमको प्रलोभन देखाएको हुदा यसरी विगवीगी रहको छ । जस्तो कि छोतो समयमा PR पाईन्छ ,पर घणता १० दलर को काम जति पनि पाइन्छ ,अमेरिकी मुलुकमा तथा युरोपमा जान सजिलै पाइन्छ भन्दै प्रती व्याक्ती १० देखी १५ लाख सम्म लिएर चीली पुर्याएको यसरी ठगीन पुगेका नेपालीको गुनासो रहेको छ । जसरी वाहिर प्रचार गरिएको छ नेपालीको लागी अवसर त्यस्तो छैन । यसरी दलाल मार्फत ठगीएर २०१२मा चिली पुगेका नेपालि समाज चिलिका सदस्य शिव वस्नेत भन्नु हुन्छ कोहीपनी नेपाली यहा स्टूडेंट्स वा भिजिटिंग भिषामा नआओस यहाँ नेपाल देखि जुन मिथा गुलिया सपना देखाउ छ तेस्तो छैन । चिलिमै ब्यबशाय गरिरहेका नबिन शिखरकार भन्नु हुन्छ , यहाको ब्याशिक सालरि भनेको यहाको लोकल मुद्रा २५०००० पेसो ( अहिलेको एक्सचेनज अनुसार ३५७ दलर ) हो , यसमा के खानु के लगाउनु र कसरी रिण तिर्नु । यदी आउने नै भए नेपाली समाज चिलीमा परामर्श गरेर , संस्थाको फेसवुक पेजमा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ । यसै त नेपालि समाज चिलीले चिली प्रवेश गर्न चाहने नेपालि हरुलाइ यहाको बास्तबिकता बुझेर मात्र आउन आग्रह अनुरोध गरेको संस्था का अध्यक्ष कृष्ण थापाको भनाई छ । यही पौस दोस्रो हप्ता वसेको संस्थाको वैठकको निर्णय अनुसार यस समस्याको उचित नियन्त्रणका लागी राजदूतावासमा पत्र पठाएको छ । यसरी दैनिक रुपमा वढ्दो ठगी प्रक्रियालाई नियन्त्रण गर्न र वेरोजगारको संकटमा परेका नेपालीलाई उचित वातावरणको पहल गरिदिनको लागी चिलीमा नेपाली राजदूतावास र नेपाली नियोग नभएको कारण नेपाली समाज चिलीमा आएको गुनासोलाई संस्थागत रुपमा सम्वोधन हुनेगरी ब्राज़ीलमा रहेको नेपाली राजदूतावास मार्फत नेपाल सरकारको प्रारास्ट्र मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाईएको सस्थाले जनाएको छ । साथै चिलिमा बिचल्लि भएका पिदित बिधार्थि हरुले पनि सम्पर्कमा भएका हरुको नाम लिस्त सहित नेपालि राजदुताबास ब्राजिल मा पत्र पथाएका छन । चिलीमा रहने नेपालीलाई एकिकृत गर्दै नेपालीको सुख दुखमा सहकार्य गर्ने उद्देश्यमा आधारित रहि स्थापित नेपाली समाज चिलीले चिलीमा रहेका नेपालीलाई परेको समयमा सहयोग मात्र हैन सन २०१५ मा नेपालको गोर्खालाई केन्द्र विन्दु वनाएर गएको महाभुकम्मको केन्द्रविन्दु वार्पाक लाप्राक र सौरपानीमा आफ्नो संस्थाको संस्थापक मार्फत नै राहत सामांग्री स्थलगत रुपमै रिपोर्टिंग र हस्तान्तरण गरी आफ्नो वेग्लै पहिचान वनाउन सफल भई सकेको छ । यसरी अव्यवस्थित रुपमा दलाललाई मोटों रक़म तिरेर चीलीमा नेपालीहरुको उपस्थिती भईरहदा आगामी दिनमा वेरोजगारको समस्या त छदै छ यसको अतिरिक्त न्युन पारिश्रमिक दवावमा काम गराउने लगायतका समस्यावाट ग्रसित रहनु पर्ने हुदा कुनैपनी दलालको प्रलोभनमा परि चिली कुनैपनी नेपाली प्रवेश नगर्नु हुन यस संस्थाका संस्थापक अमर पुन तथा सस्थापक डिआरजी सुमनको आग्रह रहेको छ ।12463443_1020253914708682_561552670_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१