छड्के आखा जटिल समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार १७:२३

सरोज देवकोटा

हाम्रो दुईवटा आँखाले कुनै पनि वस्तुलाई एकै चोटी हेर्न नसक्ने अवस्थालाई छड्के आँखा भनिन्छ l यो बिशेष गरि पारिवारिक ( परिवारमा कसैको आँखा बांगो भएमा बच्चामा पनि हुने ), वा कुनै एक आखाको दृस्टी कम भएमा  र आखामा कुनै चोटपटक लागेका खण्डमा  हुने गर्दछ l

arata_img

के हो छड्के आँखा ?

सामन्यतया बोलीचलीको भाषामा  छड्केआँखालाइ डेरो आँखा भनिन्छ l छड्के आँखा जन्मदा नै देखापर्दछ तर हाम्रो समाजमा यसलाई भगवान को बरदान को रुपमा हेर्ने गरिन्छ र भाग्यमानी हुन्छन भन्ने मान्यता रहेको पाईन्छ l तर भाग्यमानी नभई सदैसधैभरी आँखा नदेख्ने हुने बारे हाम्रो समाज अज्ञात छ l त्यसैले समयमा नै आँखा बिषेशज्ञ अथवा  Orthoptist, Optometrist को परामर्श अनुसार आँखा परिक्षण गराउनु पर्छ l अन्यथा समयमा उपचार नहुदा सधैका लागि दृस्टी कम हुन नसक्ला भन्न सकिदैन l

images (1)

यसका किसिम

छड्के आँखा पनि धेरै किसिमको हुन्छ l त्यसमा तपाई हामीले सामान्य रुपमा  हेर्दा छुटिने र अर्कोचाही बिषेशज्ञले जाच गरे पछि मात्र थाहा लाग्ने  हुन्छ l यो समस्यामा एक पटकमा एउटा मात्रै आँखाबांगो हुन्छ  र यसमा आँखाको नानी नाक पट्टी घुमेको अथवा कान  पट्टि घुमेको अथवा तल माथी गएको हुन्छ l कहिले कहिँ दुइवटा आँखा पालैपालो बांगो हुने गर्दछ जस्लाई अल्टरनेट छड्के आँखा (Alternate Squint ) भनिन्छ l देखिने गरि छड्के छ भने बिशेष  सावधानी अपनाउनु पर्ने हुन्छ जसले हाम्रो आँखाको दृष्टिमा नकारात्मक असर पर्नुका साथै सौन्दर्यको रुपमा पनि नराम्रो देखाऊछ र कालान्तरमा आँखा अल्छी हुन गइ उपचार गर्दा समेत ठिक नहुन सक्छ र सधैका लागि दृस्टी गुम्ने सम्भावना हुन्छ l

छड्के आँखा हुनुको मुख्य कारण भनेकै आँखाको हेराईमा कमि आउनु हो त्यसैले यो छड्केपन देखिने बितिकै बिशेष  गरि कम उमेरका बच्चाहरूको (६ हप्ता देखि ८ वर्ष ) सम्म बिशेष सावधानी अपनाउनुपर्दछ l आँखा छड्के छ, छैन अथवा देख्छ देख्दैन भनि ६/६ महिनामा नियमित आँखा जाच गराउनु राम्रो हुन्छ किनकि छड्के आँखाले आखाको हेराई कम भएको जानकारी गराऊछ भने कम दृस्टीलेनै आखा छड्के भयको हुन सक्ने सन्देश दिन्छ त्येसैले बच्चा बिद्यालय जानु भन्दा अगाडी एक पटक आँखा बिज्ञसंग जाच गराउनु अति आवश्यक हुन्छ l जहाँ सामान्य आखा जाचबाट नै  छड्के छ वा  छैन अथवा दृस्टीदोष छ छैन भनि थाहा पाउन सकिन्छ l त्यसैले बेलैमा सावधानी अपनाउनु नै बुद्धिमानि हुन्छ l

images

बच्चामा हुने छड्के

कहिलेकाही बच्चा जन्मदै आखा छड्के हुनसक्छर केहीहप्ताको अन्तरालमा पनि देखिन सक्छ यस्तोमा आधा जति बालबालिकाहरुको परिवारका सदस्यमा छड्के अथवा चस्मा प्रयोग भयको अथवा प्रयोग गर्नुपरने आबस्था हुनसक्छ l अथवा हाम्रो आँखालाई घुमाउने आँखाको मांसपेशी  (muscle)तथा नशामा समस्या हुनसक्छ l यदि यस्तो समस्या देखिएमा तुरुन्तै आखा अस्पताल लानु को विकल्प हुदैन l कहिलेकाही बालबालिकाहरूको अनुहारको बनावटले गर्दापनि छड्के देखिन्छ जसलाई नक्कली छड्के आँखा (Pseudo Strabismus) भनिन्छ जसले आँखाको दृस्टीमा कुनै खराबी गर्दैन l

टाढाको राम्रो नदेख्दा हुने छड्के आखा

अदुर दृस्टीमा कहिले कहिँ हाम्रो आँखामा हुने लेन्स बादी फोकस हुदा पनि बांगो/छड्के हुनेगर्दछ l  हाम्रो मस्तिष्कले बस्तुको आकृतिलाई एउटा आखामा मात्र प्रस्ट देख्ने र अर्को आँखामा धमिलो हुने नगर्ने भएकाले पनि आखा छड्के हुने गर्दछ र समयमा उपचार (चस्माको प्रयोग) गरियन भने आँखा अल्छी हुन गइ दृस्टीकम हुन सक्छ l

बच्चामा बिरामी हुदा हुने छड्के

कहिले कहिँ शरिरमा हुने अन्य समस्याले गर्दा पनि आँखा छड्के हुने गर्दछ जस्तै दादुरा र बिफर तर पछि यो समस्या ठिक भयपछि आफै पनि आँखा सिधा हुन सक्छ तर सबैको ठिक हुन्छ भनेर बस्नुचाही गलत हुन्छ l

बच्चाको आँखा  छड्के भएमा के गर्ने

यदि बच्चाको आँखा छड्के जस्तो लागेमा तुरुन्त आँखा अस्पताल लानु पर्दछ l जहाँ बच्चाको आँखा छड्के छ छैन भने कुराको बिस्तृत जाच गरेर यकिन गर्ने गरिन्छ l  यदि छड्के भय कुन किसिमको छड्के हो भनि पत्ता लगाई आबस्यक उपचार सुरुगर्नुका साथसाथै आबस्यक परेमा चस्मापनि प्रयोग गर्न लगाईन्छ l किनकि चस्माले आँखा छड्के हुनबाट जोगाऊछ र आखा छड्के भयको र दृस्टी कम भयको दुवै अवस्थाको लागि  अत्यन्त  उपयोगी हुन्छ र कहिले कहिँ राम्रो देख्ने आँखालाई छोपेर अर्को आँखाले हेर्ने पनि गर्नु पर्ने हुन सक्दछ यस प्रक्रियालाई Amblyopia Therapy  भनिन्छ l जसले गर्दा कम देख्ने आँखाको  छड्केपन अथवा दृस्टीलाई पनि सन्तुलन मा ल्यादिन्छ l यसो गर्दा पनि राम्रो संग आखा सिधा नभएमा अपरेसन गरेर बांगो आँखालाई सोझो बनाउनु पर्ने हुन्छ l

eye 1

देवकोटा तिलगंगा आँखा अस्पतालका ( छड्के आँखा संग सम्बन्धित ) Orthoptist हुनुहुन्छ 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१