सहकारी ठगी प्रकरण : छानबिन समिति बनाउने प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८१, आईतवार ०५:३६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने बताएका छन् । पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले संसदीय छानबिन समिति बनाउनेगरि तयारी गरेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी एक सांसदले आगामी मन्त्रिपरिषद् बैठकमा त्यसबारेमा ठोस निर्णय लिने भनेर प्रधानमन्त्री दाहालले भनेका छन् । यद्धपी प्रधानमन्त्री दाहालले कुनै नेतालाई ताकेर भने छानबिन समिति बनाउन नलागिएको स्पष्ट पारेका थिए । प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउनुअघि सर्वदलीय बैठक बोलाउने तयारी गरेको पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१