प्रथम बुढानीलकण्ठ खेलकुद महोत्सव सम्पन्न; उपाधी वडा नं. ३ लाई, वडा नं. ८ बन्यो उपविजेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८१, आईतवार १०:००

काठमाडौं । प्रथम बुढानीलकण्ठ खेलकुद महोत्सवको उपाधी वडा नं ०३ ले हाँसिल गरेको छ । खेलकुदको विभिन्न विधामा ३९ स्वर्ण १६ रजत र १७ काश्य पदक जित्न सफल भए सँगै महोत्सवको ट्रफी वडा नं. ०३ ले हात पार्न सफल भएको हो ।

महोत्सवको द्वितीय टर्फी १३ स्वर्ण १२ रजत र २३ काश्य सहित वडा नं ०८ ले जितेको छ । यस्तै तृत्तिय ट्रफी १२ स्वर्ण १५ रजत र ३८ काश्य सहित वडा नं १३ ले लगेको छ । बुढानीलकण्ठ खेलकुद वोर्डको आयोजनामा बैशाख १९ गते देखि बैशाख २२ गते सम्म भएको महोत्सवको विशेष अतिथि पूर्व राष्ट्रपती विद्यादेवि भण्डारीको उपस्थितिमा समापन गरिएको छ । उहाँले सबै विजेता समुहलाई ट्रफी, मेडल र सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी सहित बागमति प्रदेश माननीय जयराम थापा, नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, खेलकुद वोर्ड संयोजक सुमन तामाङ, सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, खेल संचालक रेफ्री, खेलाडि र खेलप्रेमि जमातको बाक्लो उपस्थिति रहेको थियो ।

समापनको दिन आज फुटबल विधामा वडा नं ०३ र वडा नं १२ विच भएको फाईनल खेलमा २-१ गोलको नतिजामा वडा नं ०३ ले उपाधी जित्न सफल भएको थियो । यस्तै तेस्रो स्थानको लागी भिडेको वडा नं १ र ९ मा वडा नं ९ ले १-० गोलको अग्रताले तेस्रो स्थान पाउन सफल भयो । समापनकै अवसरमा आज मोईथाई, रेसलिङ र विभिन्न साँस्कृतिक प्रदर्शनी भएका थिए ।

यस्तै बास्केटबल विधामा भने पुरुष तर्फ वडा नं. ०८ प्रथम, वडा नं ०४ दोस्रो र वडा नं ०५ उपविजेता बनेको छ । महिला तर्फ वडा नं. ८ विजेता बनेको छ भने वडा नं. १० दोस्रो र वडा नं. १ तेस्रो भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१