जापानी विदेशमन्त्री कामीकावा एक दिने भ्रमणका लागि नेपाल आइपुगिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८१, आईतवार १५:१०

काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आएकी हुन्।

कामीकावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।

उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१