काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आजको संसद् बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली युथ फोर्स र वाईसिएलको अध्यक्षजस्तो भएर प्रस्तुत भएको आरोप लगाएका छन् ।
संसद् बैठकलगत्तै मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् । खतिवडाले आजको बैठकमा सभामुख देवराज घिमिरे पार्टीको सभामुखजस्तो भएर प्रस्तुत भएको आरोप लगाए । उनले आफूहरु संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने पक्षमा दृढ रहेको पनि बताए ।
प्रतिक्रिया