कांग्रेस निरन्तर सत्ता समीकरण भत्काउन लागिपरेको प्रधानमन्त्री प्रचण्डको निश्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०८१, आईतवार ०५:३३

काठमाडौं। नेकपा (माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निरन्तर सत्ता समीकरण भत्काउन लागिपरेको बताएका छन् । आज (शनिबार) माओवादी संसदीय दलको बैकमा उनले कांग्रेस सत्ता समीकरण भत्काउन निरन्तर लागिरहेको भएपनि त्यो सम्भव नरहेको ब्रिफिङ गरे । साथै, उनले सत्तारुढ दल र प्रतिपक्षी दलबीचको अन्तरविरोध भने डरलाग्दो रहेको उल्लेख गरे ।

साथै, उनले संसद् सुचारु गर्न विपक्षी दलहरुबीच संवाद जारी रहेको पनि बताए । छिट्टै सर्वदलीय बैठक आह्वान गरिने पनि उनले जानकारी गराए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने अवस्था आउनसक्ने सांसदहरुलाई जानकारी गराएका छन् ।

बैठकमा सहभागी एक सांसदले आगामी मन्त्रिपरिषद् बैठकमा त्यसबारेमा ठोस निर्णय लिने भनेर प्रधानमन्त्री दाहालले भनेका छन् । यद्यपि प्रधानमन्त्री दाहालले कुनै नेतालाई ताकेर भने छानबिन समिति बनाउन नलागिएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१