महिला गाडी आजबाट सुचारु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार १२:२४

10891596_895850573772719_4939127305281984319_nकाठमाडौँ २१ पौष । काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोटसम्म कार्यालय समयमा महिलाका लागि यात्रुवाहक सार्वजनिक सवारी चल्न थालेको छ। आइतबार कलंकीमा बसको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव तुलसी सिटौलाले उद्‍घाटन गरे।
बिहान र साँझ दुईदुई वटा सवारी दुवैतिरबाट गुड्नेगरी व्यवस्थापन गरिएको बागमती यातायात व्यवसायी संघले जानकारी दिएको छ। संघका अध्यक्ष भरत नेपालका अनुसार यो रुटमा दैनिक करिब ४० वटा सवारी गुड्दै आएका छन्। ‘दैनिक गुड्ने सवारीले पालैपालो रुटमा महिलामैत्री सवारी चलाउनेछन्,’ उनले भने, ‘दीर्घकालीन बनाउनका लागि पालैपालो व्यवस्था गरेका हौं।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१