धर्मनिरपेक्षता र संघीयता जनमत संग्रहबाट टुङ्गाउनुपर्छ : खुमबहादुर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०६:१४

10819149_979332155429072_320522773_n (1)

कपिल ज्ञवाली/ बुटवल,२६ मङ्सिर ।

नेपाललाई धर्मनिरपेक्ष र संघीयतामा लैजाने तैयारी भैरहेका बेला नेपाली कांगे्रसका नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षता र संघीयताको मुद्धालाई जनमत संग्रहबाट टुङ्गाउनुपर्ने बताएका छन् । जनआन्दोलन २०६२÷०६३ को मुद्धा संघीयता र धर्मनिरपेक्षता नभएको स्मरण गर्दै नेता खड्काले जनताको हितबिपरित त्यसो गरिए आफ्नो नेतृत्वमा नेपाली जनताहरु शान्तिपूर्ण आन्दोलनमा होमिने उद्घोष गरे । संघीयता र धर्मनिरपेक्षता १२ बुदे सहमतिपछि थोपरिएका एजेन्डा भएको भन्दै उनले यी एजेन्डा नेपाली जनाताका नभएको जिकिर गरे ।

गिरिजा र प्रचण्डले ऐतिहासिक गल्ती गरे ।

 नेपाल बिश्वकै एकमात्र हिन्दुराज्य कायम हुनेछ ।
ड्ड जनमत संग्रह नभए शान्तिपूर्ण आन्दोलनमा होमिने उद्घोष ।

बिश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालले बिहिबार बुटवलमा गरेको धार्मिकसभालाइ सम्बोधन गर्दै उनले नेपालमा हिन्दु राज्य कायम गराउने दाबि गरे । धर्मनिरपेक्षता र संघीयताको कुरा उठेसंगै देशमा द्वन्द्वको विउ रोपिएको उनको भनाइ छ । सनातन हिनदु राज्यका लागि महाअभियानका संयोजक समेत रहेका खड्काले ९४ प्रतिशत हिन्दु भएको देशमा धर्म निरपेक्षता हुनै नसक्ने र नेपाल जस्तो सानो देशले संघीयतालाई धान्न नसक्ने धारणा राखे । धर्म निरपेक्षता र संघीयताको घोषणा गररे पहिलो संविधानसभाले ठूलो गल्ती गरेको बताउंदै तत्कालिन समयमा देशमा दुरदृष्टी राख्ने नेताहरुको अभावका कारण ऐतिहांसिक गल्ती भएको दावी गरे । पूर्व गृहमन्त्री समेत रहेका नेता खड्काले पहिलो संविधानसभा ताका देश गिरिजामय,प्रचण्डमय भएको अवस्थामा गम्भीर गल्ती भएको भन्दै धर्म निरपेक्षता र संघीयताको कुरा उठाएर गिरिजा र प्रचण्डले गल्ती गरेको बताए । हिन्दु राष्ट्र चाहाने र संघीयता नचाहानेहरुलाई सडकमा उत्रन आब्हान गर्दै शान्तिपूर्ण आन्दोलनमा कसैले दमन गर्न खोजे प्रतिकार गरेर देखाउने चेतावनी दिए । नेता खड्काले विश्वमा हिन्दु राष्ट्र नेपाल मात्र हो भनेर चिनाउन हिन्दु राष्ट्र कायम गराउनुको विकल्प नभएको र संघीयताको विकल्पमा विकेन्द्रीकरण उत्तम विकल्प भएको बताए । उनले माघ ८ मा संविधान आउने कुनै लक्षण नभएको बताउंदै अहिलेका नेताहरुकै कारण संविधान बन्न नसक्ने ठोकुवा समेत गरे ।उनले मस्लीम समुदाय र हिन्दुधर्मका गुरुहरुले आफ्नो अभियानमा समर्थन दिएको बताए ।‘ शंख र घण्ट बजाउनु मात्रै धर्म होइन’ उनले थपे–‘धर्म भनेको आस्था र बिश्वास हो ,तयसैले अब सबै हिनदुप्रमीहरु एकजुट हुनुपर्ने बेला आएको छ ।’
यतिबेला नेपाली नागरिकहरुमा जातियताको बिउ रोपीएको भन्दै आम जनताहरुका बिचमा पनि बैमनस्यता रहेकोले फाटेको मनलाइ जोड्ने एकमात्र उपाय हिन्दुधर्म भएको उल्लेख गरे । बिदेशी डलरको लोभमा जनताको हित बिपरित गर्ने नेताहरुले भोलीका दिनमा देशै बेच्न सम्म पनि सक्ने उनको भनाइ छ । नेपाली कांगे्रसमा प्रभावशाली नेताको रुपमा चिनिने नेता खड्काले कांगे्रस वीपीको बाटो नहिंडेको दावी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१