चिनियाँ कब्जामा ठमेल

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १०:३८

काठमाण्डौँ । चिनियाँको औपनिवेशिक व्यापार शैलीको शिकार बनेका नेपाली र अन्य देशका व्यवसायीहरु मनैमा आफ्नो पीडा गुम्साएर बस्न बाध्य छन् । पहिलो त कानूनी उपचार खोज्नको लागि कानूनी रुपमा उनीहरु सबै प्रक्रिया पुर्‍याएर आएका हुन्छन् ।

दूतावास मार्फत् नेपाल सरकारबाट स्वीकृति लिएर नै ठमेल प्रवेश गर्नेहरुका घरभाडा बापतको रकम जति भनेपनि महंगो भयो नभन्ने गरेकोले सबै घरधनीहरु उनीहरुलार्इ नै घरभाडा दिन चाहन्छन् । जसका कारण नेपाली व्यवसायीहरुले यहाँ घरभाडा पाउनै मुस्किल रहेको गुनासो आउनेगरेको छ । तर, त्यही चिनियाँहरुलाई घरभाडा दिने नेपालीहरु पनि भाडामा दिएपछि पुर्पुरोमा हात लगाएर आफैंलाई धिक्कार्न बाध्य भएको सुनाउँछन् ।

व्यवसायीहरु भन्छन् ‘हामी जति भन्यो त्यति घरभाडा तिर्न सक्दैनौं । जसले गर्दा ढिलो चाँडो हामीहरु यहाँबाट विस्थापित हुने त निश्चित जस्तै भईसक्यो ।’ 

एक नेपाली व्यवसायी भन्छन् ‘हामीहरुको त्रसित नजरले हेर्ने ती चिनियाँ पाईलाहरु जब बालुवाटार(जहाँ चिनियाँ दूतावास छ)मा प्रवेश गर्छन् । त्यसपछि हाम्रो मन कहिलै स्थिर रहन सक्दैन । कहिले विस्थापित हुनुपर्ने हो ? भन्ने चिन्ताले सताईरहन्छ ।’ 

सोही बालुवाटारमा पहिलो पाईला राख्ने चिनियाँ व्यवसायीहरुको पाईला बढ्दै जाँदा अहिले ठमेलको केही क्षेत्र ‘चिनियाँ मार्केट’ बनिसकेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१