वडाध्यक्षको कुटाइबाट ६९ वर्षीय वृद्ध घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार १२:२७

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नो कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा सोहि वडाका ६९ वर्षीय बृद्ध हरिबहादुर खत्री घाइते भएका हुन् ।

टाउकोमा चोट लागेपछि खत्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ

वडा कार्यालय र त्यहाँका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा विकास निर्माणदेखि सामाजिक सुरक्षा भत्तामा बजेट हिनामिना गरेको भन्दै खबरदारी गर्न जाँदा वडाध्यक्षले आफूलाई आक्रमण गरेको खत्रीले बताए । सकारात्मक सुझाव दिँदापनि आफुमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारवाही हुनुपर्ने उनको माग छ ।

यता खत्रीले बारम्बार अपशब्द बोल्दै आफुमाथि आक्रमण गरेपछि रिसले प्रतिकार गर्दा घटना हुन पुगेको वडाध्यक्ष नेपालीले स्वीकार गरे । ‘कार्यालयमा स्टाफ मिटिङ भैरहेको थियो । उनले सबै स्टाफका लागि खाजा नास्ता लिएर आएका थिए । मैले पैसा लिनका लागि बिल लिएर आउन अनुरोध गरेपछि उनले हामीलाई बिना कारण एकोहोरो गाली गर्दै भ्रष्टाचारको आरोप लगाउन थाले’, नेपालीले भने, ‘बिना तथ्य जे पायो त्यही आरोप नलगाउनुहोस् भन्दा उल्टै मलाई दलित भनेर दुव्र्यवहार गर्न थाले, उनले ३ पटक ममाथि झम्टिएपछि मैले प्रहार गरेको हुँ ।’

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाशकुमार केसीका अनुसार घाइते पक्षबाट उजुरी दर्ता भएको छ । उनका अनुसार वडाध्यक्ष नेपालीले पनि आफुमाथि बृद्धले जातीय दुव्र्यवहार गरेको भन्दै प्रहरी चौकी गज्र्याङकोटमा उजुरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भैरहको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१