काठमाडौं बौद्ध–जोरपाटीको सडक वेहाल (हेर्नुस भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार ०५:३९

काठमाडौं । चावहिल–बौद्ध–जोरपाटी सडकको दुरावस्था वयान गर्न शब्दले पुग्दैन, यो दृश्य नै हेर्नुपर्छ ।पैदल हिडेर सडक पार गर्न हम्मे पर्छ । दुई पांग्रे सवारी कहाँनेर घप्लक्कै पल्टने हो टुंगो हुँदैन । चारपांग्रेलाई पानीका पोखरी कहाँ कति गहिरो छन् अन्दाज हुँदैन ।

पैदल यात्रु र छेउका पसलमा कतिबेला सवारीले उछिट्याएको हिलो पानीले निथ्रुक्कै भिजाउने हो पत्तो हुँदैन ।जुता लगाए भिजेर हैरान, चप्पल लगाए हिलोमा गाडिएर चप्पल नै गायव ।सडकमा पानीको वहाव बढेर कतिबेला उठिवास लगाउने हो, फुटपाथ पसलेहरुलाई पत्तो हुँदैन ।राजधानीकै सडकमा देखिएको यो वेहाल दृश्य हेर्नुस्ः
https://youtu.be/CWffMEfV_Cw

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१