प्रेमीसँग मिली भिरबाट खसालेर श्रीमानको हत्या !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार १५:०१

कैलाली । कैलालीमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वासकी लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् ।

लक्ष्मी बडेलाले तेजबहादुरसँग गत वैशाखमा मागी विवाह गरेका थिए । विवाह गरेको दुई महिन नवित्दै लक्ष्मीले यहि असार आठ गते गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्या गरी भासु भिरबाट खसालेको प्रहरीले जनाएको छ ।

यही असार ८ गते श्रीमतीसँगै ससुराली गएका तेजबहादुर ससुराली गएपछि तेजबहादुर वेपत्ता भएका थिए गत असार १० गते प्रहरीलाई परिवारले खबर गरेपछि प्रहरीले खोज तलासी गर्दा तेजबहादुर ‘भासु भिर’ तल खसेर मारेको अवस्थामा भेटिएको हो ।असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर उनलाई भिरबाट खसालेको जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१