एम्बुलेन्सका चालक मापसे कारबाहीमा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार ११:२४

काठमाडौं।  बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । कोटेश्वर चोकमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो ।अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे ।

तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा टाढैबाट मापसेको गन्ध आयो । एम्बुलेन्सका चालक हितमान थामी रहेछन् ।

प्रहरीले चालकलाई एम्बुलेन्सबाट ओरालेर जाँच गर्यो। मापसे गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइयो । पछि उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरियो ।

केही महिनाअघि महाराजगन्जमा पनि ना २ च ३६८३ नम्बरको एम्बुलेन्सका चालक यज्ञबहादुर गुभाजू मापसे कारबाहीमा समातिएका थिए  ।

एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रूपमा परिभाषित गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१