भन्सार कार्यालयमा ठुलो चलखेल र दबावपश्चात कब्जामा राखिएको ४ ट्रक छाडिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७५, मंगलवार १०:३८

नेपालगन्ज । सशस्त्र प्रहरी बलको सक्रियतामा भन्सार भई बाहिर निस्किने बेला जेठ ३० गते राती ९:३० बजे नेपाली चामल ब्राण्डको ८४ हजार केजी चामलसहित ४ ट्रक ९ट्रक नम्बर स् ना ६ ख ५२०६, ना ६ ख ५२०७, ना ७ ख १२४४ र ना ७ ख १६१७० पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको १३ दिनमा अर्थात असार ११ गते रातीसम्म ठुलो चलखेल र दबावका कारण पक्राउ भएको ट्रकलाई छाडिने तयारी गरिएको छ ।

पक्राउ परेको चामलको हकमा भन्सार विभागबाट नेपालगन्ज भन्सार कार्यालयलाई आवश्यक कारवाहीको लागि अधिकार प्राप्त भएको दिनमै ट्रक छाडिन थालेको हो ।

नेपालगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव आचार्यले आइतबारसम्म चामल र ट्रक एकै दिन छाडिने कुरामा अडान लिनु भएकोमा मंगलबार एकाएक भन्सारको नीति नियम अनुसार चामल खाली गराई ट्रक छोड्न लागेको बताउनु भयो ।

ट्रक छाड्नको लागि भन्सार विभागदेखी कार्यालयसम्म माथिल्लो निकायबाट धेरै नै दबाव आएकोले छाड्न बाध्य भएको बताउँदै आफ्नो नाम गोप्य राख्ने शर्तमा भने ( विभिन्न समूहबाट आन्दोलन र कुट्नेपिट्ने खालको धम्की आई रहने हुनुको साथै काम गर्न कठिनाई भएको कारण पनि ट्रक छाडिन थालेको हो ।

भन्सार विभागदेखि कार्यालयसम्म दबाव दिने शक्ति को हो भन्ने बिषयमा अहिलेसम्म गर्भमा हुनुको साथै ठुलो चलखेलको बिषय पनि अहिलेसम्म बाहिर आउन सकेको छैन ।

सशस्त्र प्रहरी बलले पक्राउपछि भन्सार कार्यालयमा बुझाएपश्चात कुनै खोजी नीति गर्न नमिल्ने बतायो ।

भन्सारको नीति नियम अनुसार प्रक्रिया मिचेर ट्रक छाडिएको भए अनुसन्धान र छानबिन हुने अख्तियार अनुसन्धानका एक कर्मचारीले बताए ।

आज ट्रक जस्तै पक्राउ परेको ८४ हजार केजी चामल भोलीका दिनमा यस्तै प्रक्रियाले छाड्न सकिने आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१