रसाईली बन्धु एकता समाज नेपालले पायो आधिकारिक मान्यता, १७ गते भब्यताको साथ कार्यक्रम हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७४, आईतवार २१:१९

काठमाडौँ । रसाईली बन्धु एकता समाज नेपाल सरकारको मातहतमा गएर सस्थाको रुपमा दर्ता भई  रसाइली बन्धुहरुको  हित , एकता र समाजिक सेवा अनि  मूल्य मान्यता रितिरिवाज लाई सङ्गै लिएर र केही रचनात्मक कार्यको थालनिको लागि केही गर्ने मनशायले जन्म भएको रसाइली  बन्धु एकता समाज  नेपालको सस्था दर्ता पछिको पहिलो ऐतिहासिक उद्घाटन कार्यक्रम अनामनगर स्थित मिडिया हाउसमा  भब्य अनि अत्यन्तै उत्साहजनक तबरले सम्पन्न हुन गइरहेको छ  ।

सस्थाका सह – अध्यक्ष चित्र बहादुर रसाइलीको अपिल : 

  हाम्रो लागि अतिनै खुशिको कुरा हो । रसाईली बन्धु एकता समाज नेपाल  नमाक संस्था दर्ता भएर आय पश्चात  पहिलो बैठक संस्था को अध्यक्ष श्री मणी राम रसाईलीको अध्यक्षतामा बसी विभिन्न एजेण्डाहरु छलफल गर्दै पहिलो एजेण्डामा संस्थाको संस्थापक पदाधिकारीहरु लाई संस्था को बिधान अनुसार सफत ग्रहण गराउनुका साथै विभिन्न निर्णय हरु गर्दै यही आउदो भाद्र १७ गते शनिबार का दिन अनामनगर मा रहेको रेडियो मिर्मिरे को मिडिया हलमा ( रसाईली बन्धु एकता समाज नेपाल ) को औपचारिक रुपमा उदघाटन गर्ने र तेसै दिन देखि ( रसाईली बन्धु एकता समाज नेपाल ) को साधारण सदस्यता रसाईली बन्धु हरु को लागि खुल्ला गर्ने निर्णय गरियो र तेस दिन सम्पूर्ण उपत्यका बासी रसाईली बन्धु ज्युहरु लाई यसै  सुचना लाई आधार मानेर उपस्थिति भैदिनु हुन बिनम्र अनुरोध गर्दछु।

मिति : २०७४-०५-१७ गते शनिबार

समय : ११ बजे

स्थान : सम्बाद डबली हल अनामनगर

केन्द्रीय सह-अध्यक्ष – चित्र बहादुर रसाईली  

रसाईली बन्धु एकता समाज नेपाल

९८४१२४७०७५ ,९८०८७४८५९५

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१