चक्रपथ सफाईको २० हप्ता पछि महाअभियानमा परिणत (फोटो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७४, आईतवार ०५:३६

काठमाडौ । चक्रपथ क्षेत्रमा बढदै गएको फोहरले जनजीबनमा समेत गभीर प्रभाबपार्न थालेको कुरालाई ध्यानमा राखी  चक्रपथ सफाइअभियान शुरु भएको साढे चार महिनाअर्थात २० औ हप्ताभएको छ ।
शनिबार २० औ हप्ताका दिन नारायण गोपालचोकमा भएको कार्यक्रममा पुर्ब प्रधानमन्त्रीझलनाथ खनाल, पुर्ब मन्त्री रबिन्द्र खनाल, डिआइजी सर्बेन्द्र खनाल , पुर्ब राजदुत जयराज आचार्य , काठमाडौ महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसी लगायतका बिशिष्ट महानुभाबहरुले चक्रपथ सफाई जस्तो सुन्दर अभियानलाई जसरी अगाडि बढाइएको छ अब थप प्रभाबकारी बनाउनुपर्छ भन्नुभएको छ ।
पुर्बप्रधानमन्त्री खनालले चक्रपथ सफाइ अभियान  प्रारंभ गर्नेहरु प्रतिआभार ब्यक्तगर्दे राम्रो काममा सबै सहभागीहुनआह्वानपनि  गर्नुभएको छ । सो अबसरमाकार्यक्रम संयोजक  लोकबहादुर टण्डनले ग्रिनसिटी अस्पतालको संयोजनमाभएको सफाई अभियान उदाहरणीय भएको बताउनुभएको छ ।
१९ हप्ता सम्म  नागरिकहरु स्वयं सक्रियभएर भएको सफाई अभियान २० औ हप्तामाआएर महाअभियानको रुपमा परिणत भएको छ । महानगरपालिका ३ का बडाध्यक्ष केसीले यो अभियानलाई संभबभएसम्म दैनिक संचालनगर्ने सोचाई समेत भएको बताउनुभएको छ ।
रिङ्घरोडको छेउछाउमा पसल राख्ने , ढुगा रोडा राख्ने , काठ दाउरा राख्ने मात्रहोइनफोहर फ्याक्ने समेत गरेकोले पैदलयात्रु हिडन समेत बाधाहुने गरेकोले नागरिकहरुकै पहलमा स्वतस्फुर्त रुपमा सफाई अभियानप्रारंभ गरिएको हो ।
ग्रिनसिटी अस्पतालको सयोजनमाप्रारंभ गरिएको सफाई अभियानबाट अहिले सम्म ४ सय टन भन्दा बढी फोहर संकलनगरिएको छ ।
सकलितफोहर लैजानकालागि काठमाडौ महानगरपालिका , टोखानगरपालिकाले सहयोग गरेको छ । प्रत्येक हप्ताशनिबार बिहान७ देखि ९ बजे सम्मफोहर संकलनअभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुहहोटल ब्यबसायी संघ , हिमालयबाताबरण सस्था , पत्रकार कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्रप्रहरी , नेपाली सेनाको पनि सहभागिताहुने गरेको छ ।
महाराजगंज नारायण गोपाल चोक देखि नयां बसपार्क सम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षाै देखि फालिएका हरेक थरि निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनिफोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न छाडेका छैनन ।
चक्रपथभन्दा पनि टाढा टाढा बाट फोहर संकलनगर्न गर्ने गरिएको तर सोही क्षेत्रकानागरिक , पसललेले यत्रतत्रफोहर फाल्ने गरेको पाइएपछि सफाई अभियानताहरुको सहयोगमा प्रहरीले कारबाही पनि गर्न थालेको छ । कारबाहीप्रारंभ भएपछि फोहर फाल्नकमी त भएको छ तर लुकेर पुलमुनी र कुनाकानीफोहर फाल्ने घृेणित प्रबृत्तिअझै पनि रहेको छ ।
ग्रिनसिटी अस्पतालका अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको सयोजकत्वमा भएको चत्रपथ सफाई अभियानमा बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनकाबोर्ड डाइरेक्टर टंक पन्त, मुकुन्द ढुगाना , युवा स्वरोजगार कोषकाकार्यकारी निर्देशक डा बिष्णु गौतम , कलाकार तिलक बस्नेत,कलाकार निर्देशकअर्जुन पाडे , जेनिथशर्मा ,सीताराम पाठक , समाजसेबी रेनु गुरुड, मीनान्यौपाने , बासु गिरी , छत्र बस्नेत , पदमलिम्बु , लच्मीओली , ग्रिनसिटी अस्पतालका कर्मचारी नर्स सहित ५० जनाको यो अभियानमा निरन्तर सक्रियता र सयोजन रहेको छ भने नेपालप्रहरी , सशस्त्रप्रहरी , नेपाली सेनाबागमति संरक्षण सस्था सहितप्रत्येक हप्ताकम्तिमा ३ सयको सहभागिताले स्थानीय बासिन्दालाई हाम्रै कारणले कारणले फोहर हुनदिनुहुदैन भन्ने सन्देश दिन थालको छ ।
सफाई अभियान चलिरहेकै समयमा बिगत दुइहप्ता देखि सडकको दायाबाया रहेका माटाका ढिस्काहरु प्नि डोजर मार्फत हटाउने काम भैरहेको छ । चार दिन सम्म ताराबहादुर कुंवरले निशुल्क डोजर उपलब्ध गराउनुभयो भने त्यसपछिको सम्पुर्ण खर्च ग्रिनसिटी अस्पतालको सयोजनमा भएको छ । चालकको पारिश्रमिक , तेल र डोजरको भाडा आफै ब्यहोरेर माटोका ढिस्का हटाउने कामजारी रहेको छ र अहिले सम्ममा एक सय ट्रिप माटो बाहिर लगिएको छ भने महाराजगंज देखि नयां बस पार्क सम्म७ देखि ८ सय सम्म माटोका ढिस्का डोजर लगाएर हटाउनु पर्ने देखिएको छ ।
डोजर लगाएर सडकको दायाबायातिर रहेको माटोका ढिस्काहरु ह्टाइएपछि सो क्षेत्रको सुन्दर हेर्ने लायक भएको छ ।
सडककोे छेउमा राखिएका बास दाउरा गिटी बालुवा पनि हटाउन थालिएको छ । सडकबिभागले सुचानाजारी गरी तत्काल नहटाए कारबाहीगर्ने सुचना जारी गरेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१