आज साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०६:१६

काठमाडौँ ,१६ साउन

यस दिन घरको ढोकामाथि वा तोरणमा नागको चित्रलाई त्यसको चारै कुनामा गोबर टाँसी त्यसमा सिंगो सुपारी, रायोको गेडा, दुबो र गाईको दूध समेत चढाई विधिपूर्वक पूजा गरेमा नाग र गरुडको भय हुँदैन भन्ने उल्लेख छ ।Untitled-130

यस दिन खास गरेर शंखपाल, महाकृष्णो, नन्दोपनन्द, कर्कोटक, पद्म, वासुकी, कुलिक र अनन्त नागराजाको पूजा ग नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।
नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको छ ।

नागपूजाको प्रचलन वैदिक काल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ ।
यत्राहिसायिभगवान् यत्रास्त हरिरीष्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।

अर्थात, आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ ।
वैदिक लगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ ।
नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१