ट्रकको क्याबिनभित्र लुकाएर ल्याउँदै गरेको २७० किलो चरेश बरामद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०५:४२

पर्सा ,१६ साउन  । पर्सा प्रहरीले ट्रकको क्याबिनभित्र लुकाएर ल्याउँदै गरेको २७० किलो लागुपदार्थ चरेस बरामद गरेको छ । बाराको पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्रकमा लुकाएर राखिएको २७० किलो चरेश पर्सा प्रहरीले लिपनीविर्ता– ६ बाट बरामद गरेको छ ।
१४ साउन राति करिब १२ बजे ना ३ ख ९१५० नं. को ट्रकबाट प्रहरीले उक्त चरेश बरामद गरेको हो ।10369120_813917138632730_8893033834317563127_n
ट्रकका चालकको सिटभन्दा माथिल्लो भागमा प्लाईउड ठोकेर बनाइएको खोपाभित्र चरेश फेला पारेको प्रहरीले जनाएको छ ।
चरेशसहित ट्रक चालक मकवानपुर, मनहरीरमनटार–३ का २५ वर्षीय अमोदकुमार विश्वकर्मा, ट्रकमा सवार मनहरीबिजौना– ३ का १७ वर्षीय विजय तामाङ्ग र चितवनको भरतपुर– १० का २५ वर्षीय रामबहादुर तामाङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१