महाधिवेशन सकिएको २ साता हुदा पनि झलनाथ खनाल अझैं एमाले अध्यक्ष !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार १४:१८

काठमाडौं, १५ साउन ।

१एमालेको ‘हाइटेक’ नवौं महाधिवेशन सकिएको झण्डै २ साता पुरा भइसकेको छ । जसबाट केपी शर्मा ओलीको अध्यक्षमा नयाँ कार्यसमितिको चयन भएको थियो ।uml-leadership(2)
तर, एमालेको आधिकारीक वेवपेज सीपीएनयुएमएलडटओआरजीमा भने नयाँ नेतृत्वको अध्यावधिक नगरी झलनाथ खनाललाई नै अध्यक्ष भनिएको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षमा झलनाथ खनाल भनिएको छ भने वरिष्ठ नेतामा बाधव कुमार नेपाल भनिएको छ । त्यसपछि मात्रै केपी शर्माको वरियतासहित सबैको संक्षिप्त विवरण राखिएको छ ।
सो पेजमा बेलामौकामा पार्टीका गतिविधिहरु अध्यावदिक गरिएको भएपनि नेतृत्व भने आठौं महाधिवेशनकै यथावत राखिएको छ । महाधिवेशनलाई नै उच्च प्रविधियुक्त अर्थात ‘हाइटेक’ बनाउने भनेर लागिपरेको एमाले अन्तत त्यसमा असफल भएपछि सबैले एमालेको हाइटेक भन्दै व्यंग्य गरेका थिए ।
एमालेले अरुपार्टीहरु भन्दा आफू प्रविधिमैत्री भएको दाबी गर्दै त्यसै अनुसार प्रविधिको उपयोग गर्ने बताउँदै आएपनि व्यवहारमा भने त्यसको उपयोग हुन सकेको देखिँदैन ।साभार -रातो पाटि डटकम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१