साउन १५ नेपाली परम्परा अनुसार आज खिर खाने दिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार १३:११

काठमाडौँ ,१५ साउन ।  नेपालमा विभिन्न समयमा विभिन्न परिकारहरु बनाई खाने प्रचलन छ, आज साउन १५ नेपाली परम्परा अनुसार आज खिर खाने दिन । 
काठमाडौ लगाएत विभिन्न ठाउँमा दुध किन्नेहरुको भिडभाड निकै देख्न पाइन्छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ ।10268478_813830015308109_7934242644713154975_n असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ । खिर खाने चलन कहिले देखि शुरु भएको भन्ने वारे एकिन हुन नसके पछि खेतीपातीको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन वसेको संस्कतिदिहरुको बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१