प्रहरी उपरिक्षक टेक प्रसाद राईको ठाडो आदेशमा नेपाली भूमिबाट भारतीय नम्बर प्लेटको बसमा यात्रु बोक्न लगाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७३, मंगलवार ०८:४२

नेपालगन्ज, २९  चैत्र ।  स्वर्गद्वारी यातायात सेवा प्रा.लि.ले भारतीय नम्बर प्लेटको फोर्स मिनि बसलाई नेपाली भूमिमा अवैध रुपमा भन्सार कार्यालय यात्रु शाखाको अगाडि बसपार्कमा राखिएकोमा ट्राफिक प्रहरीको सक्रियतामा हटाइएको भएपनि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक टेक प्रसाद राईले ठाडो आदेश दिई नेपाली भूमिबाट भारतीय नम्बर प्लेटको मिनि बसमा नेपाली यात्रु बोक्न बोकाउन लगाएका छन् ।
नेपाली भूमिमा भारतीय मिनि बस मात्रै संचालन गर्नुका साथै खुलेआम सडक छेउमैं टिकट काउण्टर समेत खोलिएको छ ।
भारतको विभिन्न सहरमा काम गरी चाडपर्वको बेला नेपाल फर्किंदा बोर्डरमा लुटिने गुनासो धेर्रै आएपछि त्यस्ता मिनि बसहरु नेपाली बर्डरमा आई यात्रु छोड्ने र तुरुन्त फर्किने व्यवस्था मिलाएको बाँके प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ बताउनु हुन्छ । यात्रु लुटिने कारण बनाइएको यो निर्णयलाई सर्वत्र स्वागत समेत गरिएको छ ।
हात चाट्न दिएपछि कुहिना निल्ने जस्तो गरी प्रहरी उपरिक्षक राईको ठाडो आदेशमा नेपाली यात्रुमात्र झार्न मात्र नभई खुलेआम नेपाली भूमिमा भारतीय मिनि बसपार्क नै बनाइएको छ ।
नेपाली भूमिका अवैध रुपमा भारतीय मिनि बसपार्कको लागि ठुलो कसरत गर्नुका साथै विभिन्न निकाय तथा राष्ट्रिय अनुसन्धान तथा प्रहरीको घुमुवा टोलीको ठुलो हात रहेको भन्ने खालको कानेखुसी हुने गरेको पाइएको छ ।
जमुनाहा देखि भन्सार कार्यालयसम्मको क्षेत्रमा हुने यस्ता गतिविधिको विषयमा भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी बल समेत अहिले प्रहरी उपरिक्षक राईको आदेशको कारण मुकदर्शक मात्र बनेको देखिएको छ ।
करिब ५–६ वर्ष पुर्व यस्तै अवैध रुपमा नेपाली भूमिमा भारतीय मिनि बसको बसपार्कको विषयमा विभिन्न मिडियामा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले तत्काल हटाएको थियो ।
उक्त प्रालिले भारतीय नम्बर प्लेटको मिनि बस प्रयोगमा ल्याई चण्डीगढ, सिमला लगायतको हिमाचल प्रदेशसम्मको टिकट शुल्क लिई अवैध रुपमा सेवा संचालनमा ल्याएको छ ।
अवैध रुपमा नेपाली भूमिमा भारतीय नम्बर प्लेटका मिति बसहरुको विषयमा जानकारी पाएपछि बिहिबार जिल्ला ट्राफिक प्रहरीले असईको नेतृत्वमा टोली खटाई करिब एक दर्जनभन्दा बढी मिनि बसहरुलाई भारततर्फ फिर्ता पठायो तर प्रहरी उपरिक्षक राईको ठाडो आदेशमा पुनः अवैध रुपमा भारतीय नम्बर प्लेटका मिनि बसहरु संचालनमा आएको छ ।
भन्सार कार्यालय यात्रु शाखाको हातामा अवैध रुपमा खोलिएको बसपार्कमा राखिएका अधिकांश बसहरुको भन्सार राजस्व समेत नकाटेको समेत भेटिएको थियो ।
अवैध रुपमा नेपाली भूमिको प्रयोग गर्दै बसपार्कमा राखिएको बसहरुले भन्सार छल्ने लगायत नेपाली यात्रुहरुलाई ढग्ने समेत गुनासो आएको कारण ट्राफिक प्रहरीमा हरकतमा आएपनि अहिले पछाडी फर्किनु पर्ने बाध्य भएको कथा सुनाउने गर्छन् ।
ट्राफिक प्रहरीले अवैध रुपमा राखिएको बसलाई भारततर्फ फिर्ता पठायो भने अवैध रुपमा राखिएको टिकट काउण्टर हटाउने विषयमा कसले चासो राख्ने भन्ने विषयमा अहिलेसम्म कहि कतैबाट कुनै चासो देखाएको भने छैन ।
भन्सार कार्यालय यात्रु शाखाको अगाडि आफ्नै हातामा अवैध रुपमा भारतीय नम्बर प्लेटका मिनि बसहरु पार्क गरी राख्दा भन्सार कार्यालयको काममा समेत कठिनाई भइरहेको कर्मचारीहरुले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१