भारतीय विदेशमन्त्री सुष्मा स्वराज शनिबार दिनभर नै भेटघाटमा व्यस्त(फोटो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७१, आईतवार ०५:००

काठमाडौ,  ११  साउन  ।  नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज शनिबार दिनभर नै भेटघाटमा व्यस्त भइन् ।10403280_775230862498714_2680501453096442623_n

शुक्रबार साँझ काठमाडौं आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणासँग भेट गरेकी स्वराजले शनिबार बिहानदेखि थप भेटघाटमा व्यस्त भएकी छन् । उनले राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा, प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा, सभामुख सुवास नेम्वाङ र प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बानेश्वरस्थित संविधानसभा भवनमा भेट गरेकी छन् ।10383019_810708815626234_8598342195632163161_n

राष्ट्रपतिसँग भएको भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको थियो।

दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीले विचार आदानप्रदान भएको राष्ट्रपतिको कार्यालयका सचिव शारदाप्रसाद त्रितालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको भेटमा स्वराजले शान्ति प्रक्रियाका बाँकी काम र संविधान निर्माणमा भारतले सहयोग गर्ने बताइन् । ‘नेपालमा समयमै संविधान जारी होस्,’ स्वराजको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले संवाददाताहरुसित भने, ‘भारत सरकारले आवश्यक सहयोग गर्नेछ ।’10494665_810743728956076_9210535934803531416_n

भारतीय विदेशमन्त्री स्वराजले नरेन्द्र मोदी सरकार गठन भएको दुई महिना पुगेको उपलक्ष्यमा प्रधानमन्त्री कोइरालासँग भेट भएकोमा खुशी व्यक्त गरिन् । उनले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको भट्टराईले बताए ।

प्रधानमन्त्री कोइरालाले माघभित्रै संविधान जारी हुने दाबी गर्दै त्यसपछि नेपाल आर्थिक क्रान्तितर्फ अघि बढ्ने बताए । उनले आर्थिक विकासका लागि भारतको सहयोग अपेक्षा गरे ।

त्यस अघि उनले बिहन मधेस केन्द्रित नेताहरुसँग सामूहिक भेट गरेकी छन् । स्वराजले आफू बसेको होटल द्वारिकामा मधेसी दलका अध्यक्षहरुका साथै कांग्रेस, एमाले र एमाओवादीमा सक्रिय केही मधेसी नेताहरुसँग सामूहिक भेट गरेकी हुन् ।
10580160_810708795626236_1935071948316101235_n
भेटमा मधेसी दलका नेताहरु महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादव, भरत विमल यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतका सहभागी थिए । त्यस्तै, कांग्रेसबाट अमरेशकुमार सिंह, एमालेबाट शत्रुघ्न महतो र एमाओवादीबाट प्रभु साह पनि उक्त सामूहक भेटमा उपस्थित थिए । बिहान ९ बजेबाट एक घण्टा उक्त भेटघाट चलेको हो ।

भेटघाटमा मधेसी नेताहरुले भारतले मधेसको राजनीतिक समस्याप्रति सहानुभूति राख्दै समृद्ध र शान्त नेपालका लागि सघाओस भन्ने विचार राखेका थिए । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भारतले मधेसमा सञ्चालन गरिरहेको हुलाकी राजमार्ग लगायतका परियोजहरु द्रुत गतिमा सम्पन्न गर्नुपर्ने धारणा आफूहरुले राखेका बताए ।
10514617_810397912323991_5418587987074796711_n
‘मधेसको समस्यालाई भारतले विशेष नजरले हेरोस,मधेसको समस्याप्रति सहानुभूति राखोस,’ मधेसी नेताहरुले स्वराजसँगको छलफलमा भने । हुलाकी राजमार्ग, पूर्व पश्चिम रेल, चुरे संरक्षण र नदी नियन्त्रणमा भारतको सहयोगको अपेक्षा गरिएको रायले ईकान्तिपुरलाई बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रावणको महिना भएकाले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने गरी आउन चाहेको र उनले लुम्बिनी तथा जनकपुरको भ्रमणपनि गर्ने स्वाराजले उक्त भेटमा जानकारी दिइन् ।

यसैबीच होटल याक एन्ड यतिमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा विदेशमन्त्री स्वराज सहभागी भइन् ।    10547651_775230945832039_7517374550459680898_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१