राजधानीको कुलेश्वरमा आगलागी हुदा करोडौंको क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७३, सोमबार ०८:५२

काठमाडौं ।  कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ ।
मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि भीषण रुप लिएको थियो ।
घना बस्तीको बाीचमा रहेको उक्त मार्केटमा आगलागी सुरु भएपछि सो क्षेत्रमा कोलाहल मच्चिएको थियो । आगलागीसँगै चारवटा सिलिन्डर एकसाथ विस्फोटन हुदा सो क्षेत्रमा रहेका विभिन्न किसिमका १० वटा पसलमा एकसाथ आगालागी भएको थियो ।

आगलागी भएको क्षेत्रमा सवारी साधनमा प्रयोग हुने टायरहरु घरम प्रयोग हुने कपडाहरु, सवारी साधनका पाटपुर्जाहरु तथा तीन वटा होटल अनि रेस्टुरेन्टहरु जलेर नष्ट भएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यनत्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १० वटा दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न झन्डै दुई घण्टा लागेको थियो ।

आगालागीबाट मानवीय क्षति भने भएको छैन । करौडौंको भौतिक क्षति भएको र क्षतिको विवरण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१