चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७३, आईतवार ०८:४५

काठमाडौँ।  समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
थारु भाषाको पहिलो फिल्म करमको निर्माता तथा अभिनेता चौधरी पछिल्लो समय थारु कला संस्कृति संक्षरण तथा प्रवर्द्धनमा लागिपरेका छन्। उनले थारु समाजको उत्थानका लागि पनि काम गर्दै आएका छन्। हाल उनी थारु कल्याणकारिणी सभाको प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१