ओलीलाई देउवाको झटारो “झुटो आश्वासनले देश चल्दैन”

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७३, बुधबार १३:१४

oli deuwaकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री केपी ओलीविरुद्ध खनिएका छन् । बुधबार सभापति शेरबहादुर देउवाले ओलीमाथि संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रित भएको आरोप लगाए । देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले विकासका नाममा झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।

संविधान जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको देउवाले आरोप लगाए ।

संविधान कार्यान्वयनप्रति गम्भीर हुनुको साटो प्रधानमन्त्री ओली घरघरमा ग्यासका पाइपलाइन पुर्‍याउने तथा रेल र पानीजहाज चलाउने झूठा आश्वासन बाँड्नमा सीमित भएको देउवाले बताए ।

उनले यसरकारको यस्तो कार्यको विरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पारे ।

सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली कांग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१