चुकुल ठोकेर आफ्नै छोरीलाई घरबेटीको छोरासँग माया बसाइदिने यी आमा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७३, बुधबार ११:०१
काठमाडौं २६ जेठ ! जमाना यति खराब भइसक्यो कि, हुर्किएकी छोरी जगाउनै मुस्किल ! त्यसमाथि एकजना यस्ती आमा आइलागिन्, छोरी बिग्रेली भनेर रेखदेख पुर्याउन कहाँ–कहाँ, उल्टै आफ्नी छोरीलाई घरबेटीको छोरासँग चुकुल ठोकेर माया बनाइदिने !banda dhoka
 
मामिला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ ।
 
यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित नेताको नाम अनाहक मुछिने भयो भनी केही एमाले नेता महिलाको पक्षमा लागे ।
 
तर, कुरो खेल्दै जाँदा कामरेडहरुको भागाभाग चलेको छ । यसरी अनाहकमा नाम जोडिन पुगेको छ, मनमोहन प्रतिष्ठानको ।
 
मोरङको हात्तीमुढामा अवस्थित मनमोहन पोलिटेक्निकको गाडी चलाउने चक्र कार्कीले ललितपुर, सानेपास्थित मनमोहन प्रतिष्ठानमा पत्नीलाई जागिर लगाइदिएका छन् ।
 
आफू बढीजसो विराटनगर बसेर काठमाडौंजस्तो ठूलो ठाउँमा पत्नीलाई जागिर र यतै छोरी पढाउने काम गर्नुलाई आफ्नो पौरख ठान्ने नै भए । अहिले आमा–छोरीले यस्तो पौरख देखाइदिँदा सानेपाको स्थानीय तण्ड्कार परिवारमा रुवाबासी चलेको छ ।
 
चल र अचल सम्पत्तिले सम्पन्न, तर धुत्र्याईं नजान्ने तण्डुकारका घरको भुँइतलामा आमा–छोरी ढेरा बस्छन् ।
 
छोरी रुपा –नाम परिवर्तन) बिछट्टै राम्री घरबेटीका छोरा जित तण्डुकार भर्खर उमेर चढ्दै गरेका लक्का जवान । रुपा कक्षा ८ मा पढ्दादेखि उनीभन्दा केही जेठा जितसँग हिमचिम बढ्यो ।
 
यस्तोमा सामन्यतया आमाहरुले छोरीलाई सम्हालिनुपर्ने शिक्षा दिन्छन् । तर, रुपाकी आमाले ठीक उल्टो, छोरीलाई सन्काइन् । पाटनका सम्पत्तिवाल नेवारको छोरोसँग लाग्नु पुरस्कारजत्तिकै भयो ।
 
जब जित रुपालाई भेट्न कोठामा छिर्थे, आमा अर्कोतिर बाटा लाग्ने ! कहिलेकाँहि तः छोरीलाई खर्चै दिएर घरबेटीको छोरोसँग घुम्नसमेत पठाउने । आमाले बुझिसकेकी थिइन्, घरबेटीको सानेपामा २१ रोपनी जमिन छ । दुई भाई छोरा छन्, दुवै सोझा । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१