सभापति देउवाद्वारा गुरुङप्रति श्रद्धाञ्जलि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार १५:५५

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा सङ्गीतकार स्वर्गीय अम्बर गुरुङ नेपाली गीत–सङ्गीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उहाँको महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । देउवाले मंगलबार एक शोक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङको निधनबाट राष्ट्रले हजारौँ गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यो क्षेत्र अभिभावकविहीन बन्न पुगेको उल्लेख गरे । ambar gurung

विज्ञप्तिमा देउवाले स्व गुरुङले नेपाली गीत–सङ्गीतका क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेका छन् । विज्ञप्तिमा देउवाले भनेका छन् – “उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।” वरिष्ठ गायक तथा सङ्गीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१