जासुसी गरेको आरोपमा विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार १२:२२
biplab maobadiसिन्धुपाल्चोक  २५ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा माओवादी, सिन्धुपाल्चोकले सिन्धुपाल्चोकको चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमा हमला गरेको छ । पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र कार्यकर्ताहरूले २ वटा गाडी र १ वटा मोटर साइकलमा पनि क्षतिग्रस्त पारेका छन् ।
घटनास्थलमा विप्लव नेतृत्वको माओवादीको पर्चा भेटिएको छ । ‘नेपाल बन्द आव्हान सफल पारौं, देशमा भएका भ्रष्टाचार, कालोबजारी, नियन्त्रण गर’ जस्ता नारा पर्चामा लेखिएको छ ।
विज्ञप्तिमा भनिएको छ– “निश्चित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, रु पाँच अर्बभन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेका हौँ ।”
पश्चिमा लगानीमा चलेको यस्ता आइएनजिओले नेपाल विरुद्ध जासुसी गर्ने गरेको आरोप विप्लव माओवादीले लगाउने गरेको छ ।सो पार्टीका एक नेताले यस्ता कारवाही अरु पनि हुने दावी गरेका छन् ।यस अघि सो पार्टीले केही भारतीय गाडीमा आगजनी गरेको थियो ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१