सहमतिका नाममा तानाशाही चलाउन खोज्नु लोकतन्त्रको उपहास :उपप्रधानमन्त्री थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७३, सोमबार १३:३३
बिराटनगर २४ जेठ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिका नाममा तानाशाही चलाउन खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् ।कमल थापा
उनले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गरे ।  बहुमत पाउनेले सरकार चलाउने र अल्पमतवाला दल प्रतिपक्षमा बस्नुपर्ने थापाको भनाइ छ ।
नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र राप्रपा नेपालले आलोचनात्मक समर्थन गरेको थियो । प्रमुख दलहरुवीच जुनसुकै अवस्थामा पनि सहमितका नाममा सत्ता सम्झौता हुने गरेको भन्दै थापाले यसलाई कुसंस्कारको संज्ञन दिएका छन् ।
 
संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गरे ।
मन्त्री थापाको भनाइको आशय नेपाली कांग्रेस प्रतिपक्षमा रहनु लोकतन्त्रमा स्वाभाविक रहेको भन्ने देखिन्थ्यो । बहुमतको सरकार र अल्पमतको विपक्ष लोकतन्त्रको सुन्दरता भएको थापाको भनाइ थियो ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१