प्रधानमन्त्री ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार १३:५०

काठमाडौँ २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।ओलीलाई भेट्न प्रचण्ड आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।oli prachanda

भेटवार्तामा ओली र प्रचण्डमात्र सहभागी थिए ।भेटमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
ओली र प्रचण्डबीचको भेटमा सरकारका काम कारवाहीका विषयमा पनि छलफल भएको बताइएको छ।गत बैशाख अन्तिम साता एमाले र माओवादीबीच नौ बुँदे सहमतिको क्रममा भद्र सहमति भएको विषयमा चर्चा भइरहेको बेला ओली र प्रचण्डबीचको गोप्य वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । संविधान कार्यान्वयन, राष्ट्रिय सहमति र त्यसका चुनौतीबारे छलफल भएको स्रोतहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१