देउवाका चार अप्ठ्यारा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार ०८:०५

२३ जेठ काठमाडौँ  । देउवाका चार अप्ठ्यारा

१.उपसभापतिमा निधि कि खड्का

उपसभापतिमा खुमबहादुुर खड्का र विमलेन्द्र निधि प्रमुख दाबेदार छन् । तराई–मधेसको प्रतिनिधित्व, संगठनमा पकड र भावी उत्तराधिकारीका रूपमा देउवाले निधिलाई उपसभापति बनाउन चाहेका छन् । महाधिवेशनमा महत्त्वपूर्ण सहयोग गरेका खड्काले पनि उपसभापतिका लागि दबाब दिइरहेका छन् ।कजभच दबजबमगच

तर, हिन्दूराज्यको अभियान चलाएका खड्काको एजेन्डा डा। शशांक र शेखर कोइरालासँग मिलेकाले देउवा सशंकित छन् । भ्रष्टाचार कसुरमा जेल सजाय भोगेका खड्कालाई पद दिँदा हुनसक्ने आलोचनाबाट पनि देउवा जोगिन चाहन्छन् ।

संसदीय बोर्डमा राखेर खड्कालाई मनाउने तयारी देउवाको छ । तर, आफूलाई बोर्डमा राखेमा महामन्त्री र सहमहामन्त्रीमा क्रमशस् पूर्णबहादुर खड्का र पुष्पा भुसाललाई राख्नुपर्ने दबाब खड्काले दिएको स्रोतको भनाइ छ ।

२.महामन्त्रीमा दुई, सहमहामन्त्रीमा धेरै

महामन्त्रीमा देउवा पक्षकै पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की दाबेदार छन् । देउवाको पहिलो प्राथमिकतामा कार्की रहेको स्रोत बताउँछ । तर, उपसभापतिको अप्ठेरो मिलाउने क्रममा खुमबहादुर महामन्त्री बसेमा अरूको ढोका बन्द हुनेछ ।

सहमहामन्त्रीमा भने देउवा पक्षकै डा.प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद दाबेदार छन् । उनीहरूमध्ये कसलाई कहाँ व्यवस्थापन गर्ने भन्नेमा देउवा अप्ठेरोमा छन् ।

३. पदाधिकारीमा पौडेल पक्षको पनि दाबी

पौडेल पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमध्ये एकमा आफ्नो दाबी रहने बताउँदै आएको छ । ‘पदाधिकारीमा हाम्रो दाबी स्वतस् रहन्छ । कसरी सन्तुलित गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ,’ केन्द्रीय सदस्य दिलेन्द्र बडूले भने, ‘पदाधिकारी चयन गर्दा विधानले केन्द्रीय समितिबाट अनुमोदन खोज्छ । सबैलाई चित्त बुझाउनुभएन भने सभापतिलाई गाह्रो पर्ने देखेका छौं ।’

४. सबै पक्षलाई मिलाउनुपर्ने चुनौती

सभापति देउवाले महाधिवेशनअघि नै पार्टीमा गुटबन्दी अन्त्य हुने घोषणा गरेका थिए । सभापतिमा निर्वाचित भएपछि घोषणा कार्यान्वयन गर्न पदाधिकारी, केन्द्रीय सदस्य र विभाग गठनमा अर्को पक्षलाई सन्तुष्ट बनाएर जानुपर्ने चुनौती देउवालाई छ ।

तर, आफ्नै पक्षका आकांक्षी धेरै रहेकाले पौडेल पक्ष र कृष्णप्रसाद सिटौला समूहलाई पनि समेट्न उनलाई सकस परेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१