मुस्ताङ किदुगद्वारा भूकम्प पीडितलाई १ करोड सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७२, बिहीबार ०५:०२

मुस्ताङ् किदुगले न्युयोर्कमा आयोजना गरेको कार्यक्रमका सहभागी ।  तस्वीर: अशोक पन्तmistang_kidug

अमेरिकास्थित मुस्ताङ किदुगले न्युयोर्कमा आयोजना गरेको २१४३औ लोसार साँझ कार्यक्रममा किदुगका संस्थापक अध्यक्ष सोनाम लामाले नेपालका भूकम्प पीडितको लागि रु एक करोड संकलन भएको र उक्त रकमको ८० प्रतिशत सिन्धुपाल्चोक जिल्लामा र २० प्रतिशत मुस्ताङ जिल्लामा खर्च गर्ने बताए ।

हाल गैर आवासिय नेपाली संघ ९एनआरएन० को आईसीसी, उत्तर अमेरिकी क्षेत्रिय सँयोजक समेत रहेका लामाले सँघ मार्फत भूकम्प पीडितहरुका लागि मुस्ताङ किदुगको उपहार स्वरुप घर बनाउने जानकारी दिए ।

किदुगमा दुई कार्यकाल नेतृत्व गरेका लामाले आफ्नो कार्यकाल भित्रै अमेरिकामा मुस्ताङ घर निर्माणको लक्ष रहेकोमा नेपालमा भूकम्पले धेरैको धनजन क्षती पुराएको हँदा मुस्ताङ घरको लक्षलाई पर सारेर नेपालमा मानवीय सहयोग पठाउने निर्णय गरेको बताए ।

मुस्ताङ जिल्लाका अमेरिकामा बसोबास गर्ने लगायत अन्य सबैलाई धन्यबाद ब्यक्त गरे ।

किदुगको अगामी जुलाईमा हुने नयाँ कार्यसमितीबाट मुस्ताङ घर निर्माणको सपना पुरा हुने आशा ब्यक्त गर्दै उनले यसका लागि आफ्नो सहयोग निरन्तर रहने बताएका थिए ।
 ङिमा पाख्रीन, न्युयोर्क

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१