रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जीवनशैली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार ०६:४१

putinरुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जीवनशैलीबारे अत्यन्त कम जानकारी सञ्चारमाध्यममा आएका छन् । उनको दैनिकी, रुचिबारे समय–समयमा चर्चा भए पनि खासै जानकारी आउादैनन् । तर, मिडियाका लागि उनका आनीबानी सधौ ‘हटकेक’ बन्छन् । बेलायती अनलाइन पोर्टल इन्डिपेनडेन्टडटकोडटयुकेले पुटिनको जीवनशैली तयार पारेको छ : सामान्य ‘ब्रेकफास्ट’ तर ‘हेभी’ पुटिन बिहान ढिलो उठ्छन् । उठ्नेबित्तिकै उनलाई हेभी चिज चाहिन्छ । ‘अमलेट’ र खीर पनि उनी नियमित खान्छन् । त्यसपछि बल्ल फलफूलको जुस खान्छन् पुटिन । अन्तिममा पुटिनलाई सधैँ कफी चाहिन्छ । उनको खाद्यान्न सबै रुसका धार्मिक नेता प्याट्रियार्क किरिलको ‘फार्म’बाट आउँछ । हेभी एक्सरसाइज पुटिनले दैनिक कम्तीमा पनि तीन घन्टा कसरतमा बिताउँछन् । ‘ब्रेकफास्ट’पछि उनी पौडिन जान्छन् । पौडन ‘स्विमिङ पुल’ पुग्दा पुटिन रुसका अधिकांश राजनीतिक योजना पनि बनाउँछन् । उनका सल्लाहकारका अनुसार ‘स्विमिङ पुल’मा पौडँदै पुटिन योजना सुनाउँछन्, उनका सहयोगी टिप्छन् । त्यसपछि पुटिन ‘जिम’ जान्छन् । त्यहाँ उनी ‘वेट लिफ्टिङ’ गर्छन् । एक घन्टाजसो ‘जिम हाउस’मा बिताएपछि पुटिन आवश्यक स्फूर्ति पाएको प्रतिक्रिया दिन्छन् । पढ्न रुचाउँछन्, इन्टरनेट चलाउँदैनन् जिमबाट फर्केपछि पुटिन पढ्न रुचाउँछन् । किताब समात्छन् । तर, उनी पत्रपत्रिका खासै हेर्दैनन् । ऐतिहासिक पुस्तकहरू उनको रोजाइमा पर्छन् । त्यस्तै, कविता र ‘फिक्सन’ पनि उनको रोजाइमा पर्छ । तर, उनी ‘सिरिज’हरू मन पराउँदैनन् । प्रविधिबारे विशेष चासो दिने पुटिन इन्टरनेट भने चलाउँदैनन् । इन्टरनेटमा धेरै भ्रम हुन्छन् भन्ने उनको मान्यता छ । पहिले प्रस्ट भइसकेको विषयलाई पनि ‘कन्फ्युज’ गर्ने भएकाले पुटिनले इन्टरनेटलाई महत्त्व नदिएको उनका सल्लाहकारले बताएका छन् । जनावर मन पराउाछन्, ‘हन्टिङ’ पनि जान्छन् पुटिन कुकुर पाल्न अत्यन्त रुचाउँछन् । उनले ‘लाब्रेडर’ कुकुरलाई विशेष महत्त्व दिएका पनि छन् । जनावरको आवाज मन पर्ने भएकाले पुटिन कहिलेकाहीँ फुर्सदमा ‘एनिमल फार्म’ पनि पुग्छन् । त्यहाँ घन्टौँ समय बिताउँछन् । उनी सिकार खेल्न पनि अत्यन्त मन पराउँछन् । कहिलेकाहीँ आफैँ ‘हन्टिङ पार्टी’को आयोजना पनि गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१