काँग्रेसको भातृसंगठन नेजस अमेरिकामा विवाद, जनसम्पर्क समितिमा फूट आऊने पदाधिकारीहरूको चेतावनी (विज्ञप्तिसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार ०५:०७

महाधिवेशन प्रतिनिधि छनौटकाठमाडौं । नेपाली काँग्रेसको तेह्रौ महाविधेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको अमेरिकास्थित जनसम्पर्क समितिमा चरम विवाद भएको छ । विशेष गरी अध्यक्ष आनन्द विष्टको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टीका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, उपसभापति सिपी पौडेल र महासचिव मुनेन्द्र नेम्वाङ्गले संयुक्त रुपमा विज्ञप्ति निकाल्नुभएको छ । विज्ञप्तिमा काँग्रेस लोकतान्त्रिक पार्टी भएपनि नेजस अमेरिकाका अध्यक्षको कार्यशैली र कृयाकलाप अत्यन्तै अराजक र अलोकतान्त्रिक भएको उल्लेख छ । संस्थाका सभापति विष्टले लोकतान्त्रिक विधी र प्रकृयालाई पुरै पन्छाउँदै , आफू अनुकूलको प्रतिनिधि छनौट कमिटी बनाई महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै उहाँहरुले घोर आपत्ति जनाउनुभएको छ । केन्द्रबाट पार्टीले दिएको निर्देशन अनुसार सबै प्रकृया नपु¥याई क्षेत्रगत ढंगले पनि नसमेटी प्रतिनिधि चयन गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सभापतिले गरेको यस्तो अलोकतान्त्रिक निर्णयलाई स्विकार्न नसकिनेतर्फ सम्बन्धित सबैलाई ध्यानाकर्षण गराइएको सो विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सभापति आनन्द बिष्टले छनौट गरेको १३ औं महाधिवेशन प्रतिनिधिहरू लाई निर्बाचित केन्द्रीय कार्यसमिति बाट अनुमोदन नगराएकोले अवैधानिक ठहर गरिएकोcउल्लेख छ । अध्यक्ष विष्टले आफूनिकटको व्यक्तिलाई समितिका कार्यसमितिका साथीहरुसँग छलफल सल्लाह नै नगरी सदस्य बनाएको पनि उहाँहरुले आपत्ति जनाउनुभयो । विष्टले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि पठाउने हर्कत गर्नु अत्यन्तै निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । विष्टले देखाएको यो अलोकतान्त्रीक प्रवृत्ति विरुद्धको अभियानमा साथ दिन का लागि सबै नेपाली तथा विशेष गरी जनसम्पर्क समिति, अमेरिकामा आवद्ध सम्पूर्ण साथीहरुलाई आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१