महाधिवेशन प्रतिनिधि छनौटको बिरोधमा संम्युक्त प्रेस वक्तव्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७२, सोमबार २०:११
आदरणीय साथीहरू,
जय नेपाल !
dhan
नेपाली काँग्रेस लोकतन्त्रको मेरुदण्डको रूपमा रहेको पार्टी भएको कुरा छर्लङ्ग छ । आम नेपाल र नेपाली जनताको हक अधिकार सुनिश्चित गर्न एवं राष्ट्रको उन्नति र विकासमा सिङ्गो पार्टी पंक्ति होमिएकै कारण आज मुलुकबासीले नेपाली काँग्रेसलाई  सबैभन्दा ठुलो राजनीतिक पार्टी बनाएका छन् । मुलुकमा विद्यमान विभिन्न खाले तानाशाही र निरंकुशताको विरुद्धमा पार्टीले विगत देखि अहिलेसम्म आवाज बुलन्द गराउँदै आएको छ । यही गौरबशाली इतिहास, अनुकरणीय वर्तमान अनि आशा लाग्दो भविष्य बोकेको मुलुकको लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस यतिबेला १३ औं महाविधेशनको संघारमा आइपुगेको छ । तर यही समयमा पार्टीले एक जना आफ्नो अभिभावक गुमाएको  छ । पार्टीका श्रद्धेय  सभापति सुशील कोइरालाको असामहिक निधनले सिङ्गो पार्टी पंक्तिलाई शोकाकुल बनाएको छ । पार्टीभित्र परेको यो शोकलाई शक्तिमा बदल्दै सफलतापूर्वक महाविधेशन सम्पन्न गर्ने दायित्व यतिबेला हामी सबैको काँधमा आईपरेको छ । पार्टीको इतिहासमा स्वर्ण अक्षरमा नाम राख्न सफल महामानव विपी, सुवर्ण शंम्सेर, गणेशमान, किसुन जी, गिरिजा बाबु, सुशील कोइराला लगायतको विचार र उहाँहरूले लिएको लक्ष्यलाई मूर्तरुप दिन सङ्गठनले कुनै कसर बाँकी राख्न हुँदैन । पार्टीका अभिभावकको अभाव, झट्टै गर्नुपर्ने महाधिवेशनको चटारो, विगतका आपसी फुटको धंगधंगी आदी कारणले सङ्कट झेलीरहेको काँग्रेसलाई अहिले चारैतिरबाट कमजोर बनाउँने खेल सुरु भइरहेको छ। यस्तो बेलामा सबै काँग्रेसीहरू एक ढिक्का हुन अत्यावश्यक छ ।
नेतृत्वले कसरी सङ्गठन बलिलो बनाउँन सकिन्छ भन्ने तिर जोड दिनु पर्दछ । लोकतन्त्रको दुहाई दिने हामी र हाम्रो सङ्गठनहरू जहिल्यै लोकतान्त्रिक पद्धति र पकृया बाट चल्नु पर्दछ। संस्थागत हुन नसक्दा, नेपाली  जन सम्पर्क समिति अमेरिकाले लामो समय सम्म विवाद झेलेको तितो यथार्थ हामी सित ताजै छ । काँग्रेसका अग्रज , शुभ चिन्तक, नेता कार्यकर्ताहरूको अथक प्रयास पछि २०१४ को नोभेम्बर २२र २३ मा टेक्सस राज्यको डल्लास सहरमा भएको एकताको दोस्रो अधिवेशन पछि नेपाली जन सम्पर्क समिति अमेरिका एउटा नयाँ उत्साहका साथ एक ढिक्का भएर अगाडि बढेको बेलामा , पार्टीको १३ औं महाधिवेशनमा एकताको सन्देश बोकेर अमेरिकाबाट भाग लिन जाने प्रक्रियाले पुन स्वाभिमानी लोकतन्त्रवादीहरूको उत्साहमा भाँजो हाली दिएको छ । संस्थाका सभापतिले लोकतान्त्रिक विधि र प्रक्रियालाई पुरै पन्छाउँदै, आफू अनुकूलको  प्रतिनिधि छनौट कमिटी बनाई महाधिवेशन प्रतिनिधि छनौट गरेको प्रति हामी घोर आपति गर्दछौँ । पार्टीको विधान अनुसार सबै प्रक्रिया नपुर्याई र  क्षेत्रगत ढङ्गले नसमेटी प्रतिनिधि चयन गरेकोमा घोर भर्त्सना समेत गर्दछौँ । सभापतिले गरेको यस्तो अलोकतान्रीक निर्णयलाई स्विकार्न नसकि आज फेब्रेवरी २१ , २०१६ का दिन संस्थाको वरिष्ठ उपसभापतिको अध्यक्षतामा कार्यसमितिको  आकस्मिक बैठक राख्न बाध्य  भयौँ ।बैठकले सभापति आनन्द विष्टले छनौट गरेको १३ औं महाधिवेशन प्रतिनिधिहरू लाई निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन नगराएकोले अवैधानिक ठहर गर्दै, मनमानी ढङ्गले महाधिवेशन प्रतिनिधि पठाउने हर्कत गरेको प्रति खेद प्रकट गरेको छ ।
सभापतिले गरेको यस्तो अलोकतान्रीक निर्णयलाई समयमा नै नसच्याए बाध्य भएर , लोकतान्त्रिक विधि र प्रक्रियाको भरपुर उपयोग गर्दै चाँडै अर्को १३ औं महाधिवेशन प्रतिनिधिको छनौट गरी केन्द्रीय कार्यालयमा पठाउँने छौँ । संस्थाको सभापतिले देखाएको यो गैह्र लोकतान्त्रिक संस्कार कुनैपनि हालतमा सङ्गठनको हितमा हुनै सक्दैन । यसले संस्थालाई बलियो होइन दिन दुगुना रात चौगुना कमजोर बनाउँदछ भन्ने हाम्रो ठहर छ । सङ्गठन भित्र देखिएका यस्ता अलोकतान्त्रीक प्रवृत्तिको भण्डाफोर गर्दै अगाडि बढ्न हामी सम्पूर्ण साथीहरूलाई आह्वान गर्छौँ । अलोकतान्त्रीक प्रवृत्तिको विरुद्धमा हाम्रो अभियानमा साथ दिन हुनका लागि नेपाली जन सम्पर्क समिति, अमेरिकामा आवद्ध सम्पूर्ण साथीहरूलाई हामी विनम्र अनुरोध समेत गर्दैछौं  । लोकतान्त्रिक पार्टीभित्र देखिएका यस्ता अलोकतान्त्रीक प्रवृतिलाई निरुत्साहित गर्न हामी सबै एक हुनुको विकल्प नभएको ठहर सहित यसका लागि साथ र सहयोग गर्न लोकतन्रका हिमायती एवं सच्चा काँग्रेजीजनहरुप्रति सविनय अनुरोध गर्दर्छौ ।
धन्यवाद !
धनञ्जयनरसिंह केसी + सिपी पौडेल+  मुनेन्द्र नेम्वाङ
(वरिष्ठ उपसभापति)  +(उपसभापति)+ (महासचिव )
नेपाली जन सम्पर्क समिति अमेरिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१