नेपालमा नाकाबन्दी गरेर दुख दिने मोदीले लगाए ढाका टोपी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७२, मंगलवार १८:१३

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाकाटोपीमा सजिएको यो तस्वीर हेर्नुस् त ? यी तिनै मोदी हुन जसले कुनै बेला रोटीबेटीको सम्बन्ध भन्ने गर्थे र पछिल्लो समयमा त्यही सम्बन्धलाई नाकाबन्दीको मोसो दल्न पछि परेनन् ।

क्षणिक चर्चा र मिडियाबाजी रुचाउने मोदीले नेपालमा आउँदा नेपाली संसदमा नेपालीमा कुरा गरे । नेपालीहरुले ‘वाह मोदी’ भन्ने पारे । आज तिनै मोदीले नेपाली भाषीको पहिचानका रुपमा रहेको ढाकाटोपी लगाएर सिक्किमवासीलाई चकित पारेका छन् ।

narendra-modi

पूर्वोत्तर भारतमा नेपालीमूलका वासिन्दाहरुको बाहुल्यता रहेको क्षेत्रमा भ्रमणका क्रममा मोदी ढाकाटोपीमा सजिएका हुन । उनले नेपाल आउँदा वानेश्वरमा गरेजस्तै स्थानीयसँग हात मिलाएर भलाकुसरीसमेत गरे ।

गान्तोकमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई फूलजस्तो नाजुक हुन नदिन आग्रहसमेत गरे । उनले भने,“‘म काँडाको बीचमा रहेको छु, मलाई काँडाकै बीचमा रहनु छ ।’

Narendra modi 1

टिप्पणीकर्ता भन्छन्– मोदीले आफ्नो वास्तविक चरित्र काँडा नै हो भनेको भए त्यो यथार्थ हुन्थ्यो होला ।

यसै वर्ष असममा विधानसभा निर्वाचन हुन गइरहेकोले त्यसका लागि आधार बनाउन मोदी त्यहाँ पुगेका हुन । नेपाली भाषीको बाहुल्य रहेका कारण सो क्षेत्रमा नेपाली मूलका भारतीयको मत निर्णायक हुने निश्चित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१