चीनमा माओ त्से तुङको सालिक ढालियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ पुष २०७२, आईतवार १३:०३
http://www.onlinecanadanepal.com/2016/01/giant-golden-statue-mao-appeared-in.html

चीनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता माओ त्से तुङको विशाल सालिक भत्काइएको छ ।

सुनौलो रंगको एक विशाल मूर्ति स्थापना गरिएको केही दिनमै भत्काइएको छ । उक्त सालिक स्थापना गर्दा सरकारसँग स्वीकृति नलिएकाले भत्काइएको आशंका गरिएको छ ।

उक्त सालिक हेनान प्रान्तस्थित केफेङ नजिकै तोङसुमा स्थापना गरिएको थियो । ३७ मिटर उचाइ भएको सालिक रोडा र इस्पातबाट बनाइएको थियो ।

बाहिरबाट सुनौलो रंगले रगांइएको थियो । त्यसको निर्माण गर्न ४.६ लाख अमेरिकी डलर खर्च भएको थियो ।

खाली खेतमा स्थापना गरिएको उक्त मूर्तिमा माओ बसेको अवस्थामा थिए । माओको विशाल सालिक स्थापना गरिएपछि गत साता संसारभर यसको चर्चा भएको थियो ।

समाचार अनलाइन ‘पिपुल्स नेट’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सालिक स्थापना गर्दा स्वीकृति पनि नलिइएको र दर्ता पनि नगरिएको हुँदा भत्काउनु परेको बताएको छ ।

सालिक निर्माण गर्न लाग्ने खर्च त्यहाँका किसान र स्थानीय व्यापारीले दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१