डीआईजीपी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी, पाँच जना एसएसपीको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८१, शनिबार ०६:२०

काठमाडौं । गण्डकी प्रदेश प्रहरीको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) दुर्गा सिंहलाई दिइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत सिंहलाई गृह मन्त्रालयले सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । उनले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पहिलो पटक पाएकी हुन् ।

त्यस्तै मन्त्रालयले काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेलाई दिएको छ त्यहाँ कार्यरत एसएसपी भुपेन्द्र खत्रीको अपराध अनुसन्धान विभागमा सरुवा गरेर रजौरेलाई प्रमुखको जिम्मेवारी दिएको हो । यस्तै काठमाडौं उपत्यका अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी सानुराम भट्टराईको दिइएको छ । अपराध महाशाखाका प्रमुख रहेका सोमेन्द्रसिंह राठौरलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पठाएर त्यहाँ कार्यरत भट्टराईलाई महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

त्यस्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरेको छ भने कोशीमा रहेका राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय ल्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१