अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०८१, मंगलवार ०५:३१

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोट साविक पाखा गाविसका १७ वर्षीय राजबहादुर मल्लको हत्या प्रकरणमा संलग्नता रहेको भन्दै पञ्चासहित छ जनाविरुद्ध गत माघमा पक्राउ पुर्जी जारी भएको थियो ।

जिप्रका सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा नचल्ने निर्णय भएको बताइएको छ । सरकारी वकिलको कार्यालयको उक्त निर्णयसँगै पञ्चासहित, बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अली अशोक भन्ने अली कार्कीले मुक्त अभियोगबाट उन्मुक्ति पाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१