धमलासहित कलाकारको जम्बो टोली जापान उड्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८१, शनिबार ०६:११

काठमाडौं । नेपाली कलाकारहरुको जम्बो टोली जापान उडेको छ ।

जापानको टोकियोमा हुने कार्यक्रममा सहभागी हुनको लागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चर्चित अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगितकार तथा गायक शम्भुजित बाँस्कोटा, गायक चेतन सापकोटा, गायिका अञ्जु पन्त, गायक कमल खत्रीलगायतको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

सो टोलीमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलापनि उक्त कार्यक्रममा सहभागी हुने भएका छन् । सांगितिक एवम् अवार्ड कार्यक्रम भने यही बैशाख १६ गते हुने जनाईएको छ ।

प्रतिक्रिया