गाउँपालिकाका उपाध्यक्ष खातुनसहित ६ जना विरुद्द भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८१, शनिबार ०६:१८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित ६ जना विरुद्द अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार उपाध्यक्षसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल, असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मंडल र जिल्लाकै मनरा शिसवा नगरपालिका पाँचको जानकी कन्सट्रक्शनका प्रमुख राकेशकुमार राय विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको वडा नम्बर एक अन्तर्गतका स–साना सडक ढलान गर्नका लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्दै ६ जना विरुद्ध छुट्टा छुट्टै आठ लाख ६५ हजार १४५ रुपैयाँ विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष खातुन जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएकी हुन् ।

खातुन २०७४ सालको निर्वाचनमा पनि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट यसै गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिईन । गाउँपालिकाका उपाध्यक्ष अहिले उनको दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१