किन गर्दै छन् चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७२, शुक्रबार १३:५६
xi jinping

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण किन गर्दै छन् ? यसका अल्पकालीन र दीर्घकालीन अर्थ के–के हुनेछन् ? यी अहिले नै अनुमानका विषय मात्र हुनेछन् । तर, हालै नेपालका परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण र नेपालका प्रधानमन्त्रीको सम्भावित भ्रमणको कार्यसूची हेर्दा सीको भ्रमणका क्रममा त्यसभन्दा उच्चस्तरका केही सम्झौता हुनसक्ने देखिन्छ । यस्तो सम्झौतामा दुइटा दूरगामी महत्त्वका परियोजना पर्न सक्छन् ।


चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियाकै कूटनीतिक राजनीतिक जगत्मा चासो जगाएको छ । उनको भ्रमण नेपालका प्रधानमन्त्रीले आगामी चैतमा गर्ने भनिएको चीन भ्रमणभन्दा पहिले हुनेछ या पछि त्यो प्रस्ट भनिएको छैन । तर, सामान्य कूटनीतिक परम्पराअनुसारचाहिँ यो भ्रमण नेपालका प्रधानमन्त्रीले बेइजिङ भ्रमण गरिसकेपछिको केही महिनामा हुनेछ । अर्थात्, यसवर्ष नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान–प्रदान हुनेछ ।

चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि महत्त्वपूर्ण रहनेछ । र, यसले आगामी कैयौँ वर्षसम्म दक्षिण एसिया र मध्यएसियासम्म रणनीतिक महत्त्वको अर्थ बोक्ने निश्चित छ ।

सी जिनपिङ चीनलाई विश्वको मध्यमस्तरको शक्तिबाट महाशक्ति बन्ने क्रममा नेतृत्व गर्ने नेता मात्र होइनन्, अहिलेको विश्वका शक्तिशाली शासकमध्येका एक हुन् । उनी अन्य चिनियाँ नेताहरूभन्दा भिन्न, बोल्ड, प्रभावशाली र कामकाजी खालका छन् ।

दुई सातापहिले मात्र चिनियाँ विश्वविद्यालयमा पुगेर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गरेर फर्केका एकजना वामपन्थी पृष्ठभूमिका नेपाली बुद्धिजीवीको अनुभव भन्छ– चिनियाँहरू नेपालसँगको सम्बन्ध बलियो बनाउन उत्सुक छन् । तर, यस्तो सम्बन्ध स्थापित गर्न नेपालको राजनीतिक नेतृत्वले अझै धेरै गर्नुपर्ने र कम्तीमा चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या दिल्लीसँग बार्गेनिङ चिप्सको रूपमा मात्र बुझ्ने परम्पराको अन्त होस् भन्ने पनि चाहन्छन् । अझै पनि नेपाली नेताले चीनसँगको सम्बन्धलाई चीनसँगकै मामिलामा केन्द्रित गर्न र त्यसबाट फाइदा उठाउन स्वतन्त्र पहल गर्न नसकेकोमा चिनियाँहरू हैरान छन् ।

उनको विचारमा सी जिनपिङको नेतृत्वमा चीन आफ्ना सबै छिमेकी धनी बनून् अनि मात्र आफ्नो समृद्धिको दिगोपनाको निश्चितता हुन्छ भन्ने रणनीतिअन्तर्गत चलेका छन् । नेपालसँगको सम्बन्धमा पनि उनीहरू यो नयाँ पहलकदमी जोड्न चाहन्छन् । शक्तिका दृष्टिले राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्ने चाउ एनलाई र देङ सियाओ पिङपछिकै शक्तिशाली नेता हुन् । चाउ एनलाई नवजनवादी चीनको विदेश नीति निर्माणका एकजना आर्किटेक्ट मात्र थिएनन्, माओकालीन चीनका दोस्रो नम्बरका शक्तिशाली व्यक्ति पनि थिए । साथै उनको व्यक्तित्व र छवि विश्वमा स्थापित थियो । चीनका प्रधानमन्त्रीका रूपमा घरेलु तथा विदेश मामिलासम्बन्धी निर्णयमा उनको महत्त्वपूर्ण हात रहन्थ्यो । उनीपछि नेपाल भ्रमण गर्नेमा शक्तिका दृष्टिले देङ त्यस्ता नेता हुन्, जसले माओपछिको चीनको भविष्य कोरेका थिए । उनी नेपाल आउँदा उपप्रधानमन्त्रीको हैसियतमा थिए तर चीनको सम्पूर्ण राज्यशक्तिका उनी एक्ला पालनकर्ता थिए । अर्थात् पार्टी, सरकार र सेनामा उनको एकछत्र नियन्त्रण थियो ।

उनको नेपाल आगमन नेपालका लागि अवसर र चुनौती दुवै हो । अवसर यस अर्थमा कि उनको भ्रमणले नेपाललाई एउटा शक्तिशाली धाप प्राप्त हुनेछ र आफ्ना राजनीतिक तथा आर्थिक निर्णय स्वतन्त्र रूपमा गर्न प्रेरणा मिल्नेछ । चुनौती यस मानेमा कि यो भ्रमणको चर्चासँगै भारतीय पक्षले देखाउने चासो र उसका चलखेलको कुशल व्यवस्थापन गर्नु पर्नेछ ।

अहिलेको चीनको आर्थिक सम्पन्नता र शक्ति देङको बाटो हिँडेर प्राप्त भएको हो र चीनको विदेश नीतिलाई राजनीतिक आदर्श र वाद या विचारधाराबाट मुक्त गरेर आर्थिक स्वार्थमा केन्द्रित गर्नमा उनको निर्णायक भूमिका थियो । त्यसपछि पनि चिनियाँ नेताहरूले नेपाल भ्रमण त गरे तर त्यसले बोक्ने अर्थ अलि सीमित थियो अर्थात् त्यो नियमितस्तरको मात्र थियो । सी जिनपिङ चीनलाई विश्वको मध्यमस्तरको शक्तिबाट महाशक्ति बन्ने क्रममा नेतृत्व गर्ने नेता मात्र होइनन्, अहिलेको विश्वका शक्तिशाली शासकमध्येका एक हुन् । उनी अन्य चिनियाँ नेताहरूभन्दा भिन्न, बोल्ड, प्रभावशाली र कामकाजी खालका छन् ।

देङपछि चीनको नेतृत्व गरेका जियान जेमिङ र हु जिन्ताओहरू धेरै अर्थमा नेतृत्वको निरन्तरता जस्ता थिए । तिनले आर्थिक समृद्धितर्फ ध्यान त दिए तर चीनको शक्तिलाई भरसक कम देखाएर शान्त कूटनीतिमा अडिरहे । तर, सीको व्यक्तित्व र विश्वमा उनको समयको चीनको हैसियत धेरै मिल्दाजुल्दा छन् । सीले पनि पार्टी, सरकार र सेनामा एकछत्र नियन्त्रण राखेका छन् । उनका हरेक निर्णय र बाह्य भ्रमण कामकाजी र रणनीतिक महत्त्वका रहने गरेका छन् ।

यसर्थ पनि उनको नेपाल आगमन नेपालका लागि अवसर र चुनौती दुवै हो । अवसर यस अर्थमा कि उनको भ्रमणले नेपाललाई एउटा शक्तिशाली धाप प्राप्त हुनेछ र आफ्ना राजनीतिक तथा आर्थिक निर्णय स्वतन्त्र रूपमा गर्न प्रेरणा मिल्नेछ । चुनौती यस मानेमा कि यो भ्रमणको चर्चासँगै भारतीय पक्षले देखाउने चासो र उसका चलखेलको कुशल व्यवस्थापन गर्नु पर्नेछ । उनको भ्रमणको नेपाल सन्दर्भ अवश्य पनि गतवर्ष नेपलमा भएको नरेन्द्र मोदीको भ्रमण, नेपालमा नयाँ संविधानको घोषणा, भारतीय नाकाबन्दी तथा त्यसका बृहत्तर आयामको सन्दर्भबाट प्रभावित हुनेछ । महाभूकम्पले थला परेका, नाकाबन्दी र भारतीय हस्तक्षेपसहितको मधेस आन्दोलनको छायामा परेर लड्खडाएको नेपाललाई सी जिनपिङको भ्रमण एउटा महत्त्वपूर्ण भरोसाको विषय बन्नेछ ।

सी जिनपिङ राष्ट्रपति बनेको केही समयपछि नै उनले चीनको आर्थिक विकासलाई यस क्षेत्रका अरू देशसँग जोड्ने एउटा महत्त्वाकांक्षी योजनाको घोषणा गरेका थिए– ‘एक क्षेत्र एक सडक’ भनिने एसिया र युरोप जोड्ने सिल्क रोड परियोजना र मेरिटाइम सिल्क रोडका नाममा समुद्री मार्गबाट एसिया, अफ्रिका र युरोप जोड्ने योजना ।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण किन गर्दै छन् ? यसका अल्पकालीन र दीर्घकालीन अर्थ के–के हुनेछन् ? यी अहिले नै अनुमानका विषय मात्र हुनेछन् । तर, हालै नेपालका परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण र नेपालका प्रधानमन्त्रीको सम्भावित भ्रमणको कार्यसूची हेर्दा सीको भ्रमणका क्रममा त्यसभन्दा उच्चस्तरका केही सम्झौता हुनसक्ने देखिन्छ । यस्तो सम्झौतामा दुइटा दूरगामी महत्त्वका परियोजना पर्न सक्छन् ।

पहिलो हो– सिगात्से–केरुङ रेललाइन सम्पन्न भएलगत्तै केरुङ–काठमाडौं या केरुङ–काठमाडांै–लुम्बिनी रेलवे निर्माणका लागि सम्झौता । यसो भयो भने चीनको अहिलेको आर्थिक रणनीतिअन्तर्गत पाकिस्तानको पश्चिम बलुचिस्तान प्रान्तबाट अरब सागरलाई चीनसँग जोडिने हाइवेसँग नेपालको मात्र होइन, भारतको समेत सम्पर्क नजिकै आउनेछ ।

सी जिनपिङको भ्रमणले नेपाललाई अहिलेको चेपुवाबाट मुक्त गर्ने, दक्षिण एसियाली बजारमा चीनको पहुँच विस्तार गर्ने, भारतलाई चीनसम्म पुग्न सहज बनाउने दीर्घकालीन महत्त्वका काम गर्नेछ । यसबाट भारतले अवश्य पनि असहज महसुस गर्नेछ ।

यस्तो मार्गले नेपाललाई स्थलमार्गबाट पूर्वी र मध्य एसियासँग जोड्न सहज हुनेछ । सी जिनपिङ राष्ट्रपति बनेको केही समयपछि नै उनले चीनको आर्थिक विकासलाई यस क्षेत्रका अरू देशसँग जोड्ने एउटा महत्त्वाकांक्षी योजनाको घोषणा गरेका थिए– ‘एक क्षेत्र एक सडक’ भनिने एसिया र युरोप जोड्ने सिल्क रोड परियोजना र मेरिटाइम सिल्क रोडका नाममा समुद्री मार्गबाट एसिया, अफ्रिका र युरोप जोड्ने योजना । यो पूर्वाधार विकास परियोजना सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले उनले एसियाली पूर्वाधार विकास बैंकको अवधारणा अघि सारे, जसले एक साताअघिबाट काम गर्न थालेको छ । यसमा चीनको मुख्य लगानी छ भने विश्वका झन्डै ६० देश यसको संस्थापक बनेका छन् । यो सिल्करोड अर्थात् वान वेल्ट वान रोड परियोजनाले दक्षिण एसिया र चीनबीच सडक सञ्जाल बनाउन बंगालादेश, म्यान्मार, भारत र चीनबीच सडक बनाउने परिकल्पना गरेको छ । पाकिस्तानलाई सीधै चीनसँग जोड्ने विशाल राजमार्गको निर्माणका लागि गतवर्ष इस्लामावाद गएका सीले सम्झौता गरिसकेका छन् । नेपालसँग जोडिने यो सडकले भारत र चीनबीच नेपाल भएर व्यापारिक कारोबारलगायतको आवतजावतलाई निकै नजिक ल्याउनेछ । अर्थात् दुई विशाल मुलुकबीच नेपालले पुलको काम गर्ने सम्भावनालाई कार्यरुप दिनेछ ।

अर्को सम्भावित विषय भने तिब्बतबाट नेपालसम्म ग्यास तथा तेल ल्याउने पाइपलाइन ओछ्याउने परियोजनामा सम्झौता हुनसक्छ, जसले नेपालमा आइओसीको एकलौटी बजार तोड्नेछ । यसले भारतसँगको निर्भरता न्यूनीकरण गर्ने र नेपालको व्यापार विविधीकरण मात्र गर्ने होइन, बरु भारतको नेपालमाथि रहेको रणनीतिक प्रभावलाई कम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसको अर्थ हो सी जिनपिङको भ्रमणले नेपाललाई अहिलेको चेपुवाबाट मुक्त गर्ने, दक्षिण एसियाली बजारमा चीनको पहुँच विस्तार गर्ने, भारतलाई चीनसम्म पुग्न सहज बनाउने दीर्घकालीन महत्त्वका काम गर्नेछ । यसबाट भारतले अवश्य पनि असहज महसुस गर्नेछ ।

यसको अर्थ हो, नेपाल भारतको एकलौटी प्रभावबाट बाहिरिनु । यति हँुदैमा नेपाल र भारतबीच आर्थिक सामाजिक सम्बन्ध घटेर जानेछन् भन्ने होइन तर यसले नेपाललाई घाँटी समातेर जे पनि गर्न लगाउन भने भारतलाई असम्भव बनाइदिनेछ । नेपाललाई समुद्रसम्म पुग्न घुमाउरै सही वैकल्पिक मार्ग उपलब्ध हुनेछ । नेपालका नेताको दूरदृष्टि र कुशल कूटनीतिक व्यवहारले मात्र उनको भ्रमणलाई फलदायी बनाउन सक्नेछ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित झलक सुवेदीको लेखको सारांश

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१